काठमाडौं- नेपाली कांग्रेसका सांसद डा चन्द्र भण्डारीले लघुवित्तका कारण आत्महत्या बढेको भन्दै ती संस्थाहरुलाई छानबिनको दायरामा ल्याउन माग गरेका छन्।
प्रतिनिधि सभाको आइतबारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद भण्डारीले उक्त माग गरेका हुन्।
‘नेपाली जनताहरू लघुवित्तको कारणले गर्दा ४० जना जतिले आत्महत्या गरेका छन्। चर्को ब्याज र सेवा सुविधामा चर्को लेनदेनका कारण आत्महत्याका घटना भएका छन्। त्यसमा पनि अत्यधिक महिलाहरू परेको समाचार आएका छन्। यसको बारेमा हामी मौन छौं, यसको बारेमा जानकारी पाउनुपर्यो। र सरकारले सुरक्षित गर्नुपर्यो,’ सांसद भण्डारीले भने।
उनले लघुवित्त संस्थाहरुलाई अनुसन्धानको दायरामा ल्याउन माग गरेका छन्। उनले मानव इतिहासमा यो जत्तिको ठूलो अर्को कुनै अपराध हुन नसक्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।