• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज २६, २०८३ Mon, Oct 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

श्रीमान्‌को हत्या स्वीकारेकी महिलालाई सर्वोच्च अदालतले किन दियो सफाइ?

64x64
नेपाल लाइभ मंगलबार, फागुन २, २०७९  ०७:३३
1140x725

काठमाडौं- २०७३ पुस १३ गते मोरङको साविक पाटी गाविस-१ स्थित आफ्नै घरमा मृत भेटिएका थिए हंशबहादुर राई। कान काटिएको, टाउकाको पछाडिको भागमा ठूलो चोट लागेको, गिदी निस्किएको र रगत लतपतिएको अवस्थामा उनको शव भेटिएको थियो। 

शवकै केही पर उनकै श्रीमती ऐश्वर्य भनिने ओइसरा राई सुतिरहेकी थिइन् भने रगत र कपाल लागेको बन्चरो समेत भेटिएको थियो।

बन्द कोठाभित्र मृत श्रीमानसँगै श्रीमती ओइसरा समेत भेटिएपछि प्रहरीले उनलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको थियो। प्रहरी अनुसन्धानको क्रममा श्रीमती ओइसराले समेत श्रीमानको हत्या गरेको स्वीकार गरेकी थिइन्। धारिलो हतियार प्रहारबाट हत्या गरेको भन्ने पोष्टमार्टम रिपोर्ट समेत आएको थियो।

अनुसन्धानको क्रममा प्रहरी हिरासतमा रहेकी ओइसरालाई स्वास्थ्य अवस्था ठिक नभएको भन्दै पुस २२ गते बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठान धरान भर्ना गरिएको थियो। उनी फागुन ३ गते मात्रै डिस्चार्ज भएकी थिइन्। 

त्यसपछि नियन्त्रणमा लिएर ओइसरामाथि प्रहरीले अनुसन्धान अघि बढाएको थियो। प्रहरी समक्ष उनले श्रीमानको हत्या गरेको स्वीकार गरेकी थिइन्। ‘बेला-बेलामा मान्छे नै बेपत्ता हुन्थे। घरमा खाने चामल समेत हुँदैनथ्यो। कहाँ गएको थिइस् भनेर सोध्दा उल्टै गाली गर्थ्यो। रिस उठेपछि बन्चरोले ठाउकोमा हानेर ऊसँगै म सुतेको हुँ। रक्सीको कारण निदाएछु। उसको मृत्यु मैले थाहा पाइनँ। बिहानमात्रै गाउँलेहरु आएर ढोका खोलेर हेर्दा श्रीमानको मृत्यु भएको थाहा पाएको हुँ,’ ओइसराले प्रहरी समक्ष बयान दिएकी थिइन्।

जिल्ला अदालत मोरङमा बयानको क्रममा ओइसराले भनिन्, ‘२०७३ पुस १२ गते राति म र श्रीमानबीच झगडा भएको थियो। श्रीमानले मलाई खुकुरीले हाने तर लागेन। म बिरामी पनि थिएँ। मैले बन्चरो प्रहार गरेँ या गरिनँ थाहा भएन। बारदात भएको बेलामा अरु कोही थिएनन्।’ 

जिल्ला अदालत मोरङका न्यायाधीश फणिन्द्रप्रसाद पराजुलीको इजलासले २०७३ चैत २७ गते जन्मकैद हुने ठहर गरेको थियो। जन्मकैदको फैसला गर्दा चर्को पर्न जाने भएकाले चित्तमा लागेको भन्दै उनलाई १२ वर्ष सजाय हुने फैसला सुनाइएको थियो।

जिल्लाको फैसलाविरुद्ध ओइसरा उच्च अदालत विराटनगर पुगेकी थिइन्। आफू बिरामी भएको र श्रीमानलाई कुटेको समेत थाहा नभएकाले सफाइ पाउनुपर्ने माग गर्दै उनी उच्च पुगेकी थिइन्। 

Ncell 2
Ncell 2
nimb
nimb

पछि उच्चका न्यायाधीशद्वय उमेशराज पौड्याल र साधुराम सापकोटाको इजलासले २०७४ फागुन २२ गते फैसला गर्दा जिल्लाकै फैसला सदर हुने ठहर गरेको थियो। 

पतिलाई मार्नुपर्ने कुनै रिसिइबी नदेखिएको, पूर्वयोजना नदेखिए पनि ओइसराले नै हत्या गरेको उच्चले ठहर गरेको थियो। श्रीमान-श्रीमतीबीच झैझगडा भएको, हत्या भएको बेला मदिरा पिएको र रिसको आवेगमा नजिकै रहेको बन्चरो प्रहार गरेर हत्या गरेकोले सर्वश्वसहित जन्मकैदको फैसला गर्दा महँगो पर्न जाने भन्दै जिल्लाको फैसलाभन्दा ४ वर्ष कम ८ वर्ष कैद हुने फैसला उच्चले गरेको थियो। 

उक्त फैसलाविरुद्ध पनि ओइसरा सर्वोच्च अदालत पुगेकी थिइन्। तर सर्वोच्च अदालतले भने दुई तहको अदालतले दोषी ठहर गर्दै गरेको फैसला उल्ट्याउँदै आइसोरालाई निर्दोष ठहर गर्दै जेलमुक्त हुने फैसला गरेको छ।

२०७९ असार २५ गते सर्वोच्चका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र सपना प्रधान मल्लको इजलासले आइसोरालाई निर्दोष ठहर गर्दै जेलमुक्त गराएको हो। 

Xtrem

Xtrem

दुई तहको अदालतबाट भएको फैसला उल्ट्याउँदै ओइसरालाई जेलमुक्त गराएको फैसलाको पूर्णपाठ भने भर्खरै सार्वजनिक भएको छ। जहाँ उनलाई कसरी निर्दोष ठहर गरियो भन्ने खुलाइएको छ। 

ओइसराको मानसिक अवस्था ठिक नरहेकाले उनलाई उन्मुक्ति दिइएको खुलाइएको छ। स्वास्थ्य रिपोर्ट अनुसार ओइसराको मानसिक स्वास्थ्य ठिक नभएको पाइएको थियो। श्रीमानको हत्यापछि पनि लाससँगै निदाउनु, कुनै होसमा नहुनु र स्वास्थ्य जाँचबाट समेत उनी मानसिक रोगी भएको प्रमाणित भएको थियो। 

मुलुकी ऐन दण्ड सजाय महलको १ नम्बरमा ‘कानुन बमोजिम अपराध ठहरिने कुनै काम गर्ने व्यक्ति सो काम गर्दा आफूले गरेको कामको प्रकृति र परिणाम थाहा नेपाउने गरी मगज बिग्रेको वा बौलाएको रहेछ भने निजलाई खतबात लाग्न वा कुनै प्रकारको सजाय हुन सक्दैन’ भनी उल्लेख गरिएको छ। 

मुलुकी अपराध संहिता २०७४ को दफा १४ मा ‘कुनै काम गर्दाका बखत मानसिक अस्वस्थताको कारणले त्यस्तो कामको प्रकृति, गुण, दोष वा परिणम बुझ्न नसक्ने गरी होस ठेगानमा नरहेको व्यक्तिले गरेको काम कसुर मानिने छैन’ भन्ने उल्लेख गरिएको छ। 

यिनै आधारहरुलाई कारण बनाउँदै ओइसरालाई निर्दोष ठहर गर्दै जेलमुक्त गरिएको छ। सर्वोच्चको यो फैसलापछि केन्द्रीय कारागार सुन्धारामा रहेकी ओइसरा जेलमुक्त भएकी छिन्।

प्रकाशित मिति: मंगलबार, फागुन २, २०७९  ०७:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
कांग्रेस महामन्त्रीमा पौडेल, संग्रौला र राणा निर्वाचित
कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी निर्वाचित
सम्बन्धित सामग्री
बूढीगण्डकी बाढीबाट गोरखामा ५ जना बेपत्ता गोरखाको चुमनुब्री गाउँपालिकास्थित सिर्दिङ्गे हिमालबाट खसेको ठूलो पहिरोले नदी थुनिएपछि बूढीगण्डकीमा भीषण बाढी आएको छ। सोमबार, असोज २६, २०८३
रुस–युक्रेनबीच ऊर्जा क्षेत्रमा युद्धविराम भएको ट्रम्पको दाबी, किभ भन्छ : आक्रमण जारी छ गोरखाको बुढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित ९५ जनाको उद्धार गरिएको छ। नेपाली सेनाले एमआई–१७ सहित चारवटा हेलिकोप्टर र स्थलमार्गबाट... सोमबार, असोज २६, २०८३
गोरखा आरुघाट सडक अवरुद्ध गोरखामा हिमपहिरोपछि बूढीगण्डकी नदीमा आएको बाढीले दुईवटा पक्की मोटरेबल पुल बगाउँदा सडक यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ। सोमबार, असोज २६, २०८३
ताजा समाचारसबै
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा पौडेल, संग्रौला र राणा निर्वाचित सोमबार, असोज २६, २०८३
कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी निर्वाचित सोमबार, असोज २६, २०८३
संसदीय सुनुवाइ समितिद्वारा भारत, चीन, अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतहरूको आज सुनुवाइ गरिँदै सोमबार, असोज २६, २०८३
कार्टुन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
कांग्रेस उपसभापतिमा भण्डारी र महामन्त्रीमा पाैडेलको अग्रता कायमै [अपडेट] आइतबार, असोज २५, २०८३
कांग्रेस सहमहामन्त्री र केन्द्रीय सदस्यको मतगणना सुरु आइतबार, असोज २५, २०८३
विद्यालयको प्रधानाध्यापकमाथि कुटपिट गर्ने २ जना नियन्त्रणमा आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्