काठमाडौं- लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद्ले पूर्णता पाएको छ। मुख्यमन्त्री लीला गिरी नेतृत्वको मन्त्रिपरिषद्ले शनिबार साँझ पूर्णता पाएको हो।
मुख्यमन्त्री गिरीको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा ९ बमोजिम मन्त्रिपरिषद् विस्तार गरेका छन्।
प्रदेश प्रमुखको कार्यालयका अनुसार आर्थिक मामिलामन्त्रीमा जोखबहादुर महरा बनेका छन्। यस्तै, चेतनारायण आचार्य खानेपानी, ग्रामिण तथा शहरी विकासमन्त्री, इन्द्रजित थारु भौतिक पूर्वाधार विकास, विष्णुप्रसाद पन्थी स्वास्थ्यमन्त्री र कृष्णा केसी आन्तरिक मामिला, कानुन तथा सहकारीमन्त्री बनेका छन् ।
यसैगरी, दुर्गाप्रसाद चौधरी वन तथा वातावरण, जानकीप्रसाद यादव उद्योग, पर्यटन तथा यातायात व्यवस्था, तुलसीराम शर्मा, कृषि तथा भूमि व्यवस्थामन्त्री बनेका छन्।
त्यस्तै चन्द्रदेव गुप्ता सामाजिक विकासमन्त्री नियुक्त भएका छन्।
हेरौं मन्त्रीको सूची :

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।