काठमाडौं– पूर्वप्रधानमन्त्री झलनाथ खनालले देशमा शोषक वर्ग र भ्रष्टाचारीहरुको कमी नभएको बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। पूर्वप्रधानमन्त्री खनालले नेपालमा दलाल पुँजीपति, शोषकहरु, कमिसन खोरहरु, भ्रष्टाचारी, मुनाफा खोरी र विदेशीहरुका दलालहरु रहेको बताए।
उनले यस्ता व्यक्ति नेपालीहरुका शत्रु रहेको उल्लेख गर्दै यिनीहरुले गरेको क्रियाकलापले राष्ट्रलाई विनाश गर्ने बताए। उनले जनतालाई भुलाउन र राष्ट्रलाई लुट्ने काम भइरहेको भन्दै उनीहरुको लुटपाटको बिरोध र भण्डाफोर गर्ने काममा लाग्नुपर्ने बताए।
उनले भने, ‘अहिले हामीसँग दलाल पुँजीपतिहरु छन्, शोषकहरु छन्, कमिसन खोरहरु छन्, भ्रष्टाचारीहरु छन्, मुनाफा खोरीहरु छन्। विदेशीहरुका दलालहरु छन्। यी हाम्र शत्रुहरु हुन्। यिनीहरुले जे क्रियाकलाप गरिरहेका छन्, यो राष्ट्रलाई विनाश गर्ने, जनतालाई भुलाउने, राष्ट्रलाई लुट्ने काम गरिरहेका छन्।’
खनालले समाजवादी सांस्कृतिक आन्दोलनलाई अघि बढाएर मात्रै समाजमा भएका विकृति र विसंगतिलाई हटाउन सकिने दाबी गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।