धनगढी- कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्यायले विशेष अदालतबाट सफाइ पाएका छन्। अध्यक्ष उपाध्यायले बिहीबार विशेष अदालत काठमाडौंबाट सफाइ पाएका हुन्।
गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका उपाध्यायलाई राजस्व हिनामिना गरि सार्वजनिक सम्पत्तिको हानी नोक्सानी गरेको भनेर विशेष अदालतमा मुद्दा दायर भएको थियो।
२०७४ को स्थानीय तहको निर्वाचनमा वडा नम्बर २ को अध्यक्षमा निर्वाचित उपाध्यायलाई नदीजन्य पदार्थ उत्खनन् गर्न लगाइएको ठेक्काको कम मूल्यांकन गरेर राजस्व संकलनमा हानी नोक्सानी पुर्याएको रोप लगाइएको थियो।
उपाध्यायसँगै तत्कालीन गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतमाथि राजस्व हिनामिना गरेको अभियोगमा अदालतमा मुद्दा चालाइएको थियो। तर, विशेष अदालतबाट सबैले सफाइ पाएको उपाध्यायले बताए।

यो पनि पढ्नुहोस् :
कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षसहित १४ जनाविरुद्ध ५४ लाखको भ्रष्टाचार मुद्दा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।