काठमाडौं- विवेकशील साझा पार्टीका नेता मिलन पाण्डेले कांग्रेस, एमाले, माओवादी, राप्रपा बाहेक पनि वैकल्पिक शक्ति बन्नसक्छ भन्ने भाष्य आफ्नो पार्टीले स्थापित गरेको दाबी गरेका छन्।
शुक्रबार पार्टीको पहिलो महाधिवेशनलाई सम्बोधन गर्दै उनले आज मुख्य मानिएका दलहरु बाहेकको विकल्प हुनसक्छ भन्नेकुरा स्थापित भएको दाबी गरे।
उनले आफ्नो पार्टीले लोकतन्त्र विकल्परहीत छैन र होइन भन्ने भाष्य प्रमाणित गरेर देखाएको समेत बताए। आफ्नो पार्टीले आन्दोलन टायर बालेर नेपाल बन्द गरेर मात्रै हुने भाष्यलाई चिर्दै फूल रोपेर, अनसन बसेर र नेपाल खुला राखेर पनि आन्दोलन हुन्छ भन्ने भाष्य निर्माण पाण्डेको भनाइ छ।
'आज कांग्रेस, एमाले, माओवादी, राप्रपाको विकल्प हुनसक्छ। सके दल हुन्छ, नभए स्वतन्त्र पनि हुन्छ, लोकतन्त्र विकल्परहीत छैन, होइन भन्ने भाष्य हामीले निर्माण गरेका छौँ। आन्दोलन के हो, कसरी गर्ने, टायर बाल्ने, ढुंगा हान्ने मात्रै होइन, आन्दोलन फूल रोपेर पनि हुनसक्छ। अनसन बसेर पनि हुनसक्छ, नेपाल बन्द गरेर मात्रै होइन, नेपाल खोलेर पनि राजनीति गर्न सकिन्छ, आन्दोलन गर्न सकिन्छ भन्ने भाष्य स्थापित गरेका छौँ', पाण्डेले भने।
नेता पाण्डेले आफ्नो पार्टीले सुरु गरेको सरसफाइ अभियानपछि अन्य पार्टीहरुसमेत कुचो बोकेर हिँड्न बाध्य भएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।