काठमाडौं- नेत्रविक्रम चन्द ‘विप्लव’नेतृत्वको नेकपासहित विभिन्न वामपन्थी राजनीतिक पार्टीबीच एकताबारे छलफल भएको छ।
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा), विश्वभक्त दुलाल ‘आहूती’नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी समाजवादीका नेताबीच शुक्रबार पार्टी एकताको विषयमा छलफल भएको हो।
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय बुद्धनगरमा बसेको बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘पार्टी एकता, संयुक्त, मोर्चा र कार्यगत एकताको ठोस कार्यक्रम विकास गरी सार्वजनिक गर्न आगामी फागुन १५ गते चार पार्टीको वैठक बस्ने निर्णय लिइएको छ।’
बैठकले नेपालको क्रान्तिकारी कम्युनिस्ट आन्दोलन र देशको संकटपूर्ण अवस्थालाई दृष्टिगत गरी चार पार्टीबीचमा पार्टी एकता एवम् क्रान्तिकारी ध्रुविकरणको निम्ति बहस, छलफल आरम्भ गर्ने, संयुक्त मोर्चालाई थप व्यवस्थित गर्ने निर्णयसमेत गरेको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।