काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरबीच छलफल चलिरहेको छ।
उनीहरूबीच ओलीनिवास बालकोटमा छलफल जारी छ। उनीहरूबीच समसामयिक राजनीति र राष्ट्रपतिको आगामी निर्वाचनबारे छलफल चलिरहेको बताइएको छ।
महन्थ संसद् बैठकबाट निस्केर ओलीकै गाडीमा चढेर बालकोट पुगेका थिए।
राष्ट्रपतिको निर्वाचन आउँदो फागुन २५ गतेका लागि तय भएको छ। लोसपाले प्रधानमन्त्रीलाई विश्वासको मत दिएपनि सरकारमा भने सहभागी भएको छैन।
सरकारमा सहभागी चौंथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी भने केही दिन पहिले सरकारबाट बाहिरिसकेको छ। वर्तमान सत्ता गठबन्धनमा रहेको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएपछि एमालेक नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकार बिहीबार ढलिसकेको छ।
सुदूरपश्चिममा कांग्रेस र एकीकृत समाजवादीको सरकार बनेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।