काठमाडौं- प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको म्याद सात दिन थप गरिएको छ।
समितिका ज्येष्ठ सदस्य चित्रबहादुर केसीले शुक्रबार दोस्रो पटक बसेको प्रतिनिधि सभा बैठकमा समितिको म्याद थप गर्नका लागि पेस गरेको प्रस्ताव सर्वसम्मतिले पारित भएको हो।
बैठकमा ज्येष्ठ सदस्य केसीले प्रतिनिधि सभा नियमावलीको प्रारम्भिक मस्यौदा तयार भएको तर त्यसलाई पूरा गर्न सात दिन समय लाग्ने निर्णय समितिबाट भएकाले सोही प्रस्ताव आफूले प्रतिनिधि सभा बैठक पेस गरेको स्पष्ट पारे।
गत माघ १० गते २१ सदस्यीय समिति गठन गरिएको थियो। समितिलाई कार्य प्रारम्भ भएको मितिले १५ दिन भित्र सो मस्यौदा प्रतिनिधिस भामा पेस गर्ने कार्यादेश दिइएको थियो। गत माघ १३ गतेदेखि काम सुरु गरेको समितिले म्याद बिहीबार नै सकिँदै थियो।
प्रतिनिधि सभाको अर्को बैठक माघ २९ गते आइतबार दिउँसो ३ बजेका लागि बोलाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।