काठमाडौं- संवैधानिक तथा न्यायिक पत्रकार मञ्चको अध्यक्षमा कालिका खड्का सर्वसम्मत निर्वाचित भएकी छन्।
शुक्रबार भएको साधारण सभाबाट उपाध्यक्षमा दीपक खरेल, महिला उपाध्यक्षमा भाषा शर्मा, महासचिवमा निराजन पौडेल, सचिवमा शिल्पा कर्ण र कोषाध्यक्षमा बासु खड्का निर्वाचित भएका छन्। सदस्यहरूमा सविन धमला र अर्जुन श्रेष्ठ चयन भएका छन्।
साधारण सभाको उद्घाटन गर्दै प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले कानुन पत्रकारहरूले समाचार लेख्दा र सम्पादन गर्दा पत्रकार आचारसंहिता उल्लंघनका घटना कम हुने गरेको बताए।
उनले कानुन क्षेत्रमा कलम चलाउने पत्रकारहरू कानुनका विद्यार्थी पनि भएकाले परिपक्वता देखिएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।