काठमाडौं– नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले लोकतन्त्रलाई सुदृढ बनाएर संस्थालाई मजबुत बनाउने कुरा नै अबको वैकल्पिक राजनीति भएको बताएका छन्।
शुक्रबारबाट काठमाडौंमा सुरु भएको विवेकशील साझा पार्टीको पहिलो महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले अबको वैकल्पिक राजनीति कसैलाई फ्याँक्ने नभइ सबैलाई एकसाथमा अघि बढाउने र संस्थालाई मजबुत बनाउने रहेको बताए।
उनले अबको वैकल्पिक राजनीति समावेशी र सहभागितामूलक लोकतन्त्र रहेको उल्लेख गरे। उनले अबको वैकल्पिक राजनीतिको एजेण्डा राज्यका प्रणालीहरुलाई बलियो बनाएर सुशासन कायम गर्नुरहेको बताए।
उनले तेस्रो चरणको वैकल्पिक राजनीतिको एजेण्डा लोकतन्त्रलाई जोगाएर, लोकतन्त्रका अपूर्णतालाई पूर्ण बनाइ त्यसको जगमा देशलाई छोटो समयमा नै समृद्धिको मध्यमस्तरसम्म लैजानुपर्ने उल्लेख गरे।
पूर्वप्रधानमन्त्री भट्टराईले अब देशलाई सुशासन र समृद्धिको दिशातर्फ अघि बढाउन ढिलो भइसकेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।