धनगढी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले शपथ लिएका छन्। शुक्रबार उनले प्रदेश प्रमुख देवराज जोशीबाट पद तथा गोपनीयताको शपथ लिएका हुन्। उनी बिहीबार मुख्यमन्त्री नियुक्त भएका थिए।
यसअघि मुख्यमन्त्री बनेका एमालेका राजेन्द्रसिंह रावलले विश्वासको मतका लागि पेस गरेको प्रस्ताव नै बहुमतले अस्वीकृत भएपछि पहिलो दलका नेताका रूपमा कांग्रेसका शाह मुख्यमन्त्री नियुक्त भएका थिए।
शाहले शुक्रबार नै दुई मन्त्री नियुक्त गर्ने तयारी गरेका छन्। उनले नेपाली कांग्रेसबाट प्रकाश देउवा र नेकपा एकीकृत समाजवादीबाट नरेश शाहीलाई मन्त्री बनाउनेछन्।
देउवाले भौतिक पूर्वाधार र शाहीले आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी पाउने तय भएको छ।
मुख्यमन्त्री शाहको शपथ समारोहमा निवर्तमान मुख्यमन्त्री रावल पनि सहभागी थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।