धनगढी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले शुक्रबार सानो आकारको मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन्।
उनले आफूले पद तथा गोपनीयताको शपथ लिएपछि दुई जना मन्त्रीलाई शपथ गराउनेछन्।
नेपाली कांग्रेसबाट प्रकाश देउवा र नेकपा एकीकृत समाजवादीबाट नरेश शाही मन्त्री बन्ने भएका छन्।
देउवाले भौतिक पूर्वाधार र शाहीले आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी पाउने तय भएको छ।
यसअघि मुख्यमन्त्री बनेका एमालेका राजेन्द्रसिंह रावलले विश्वासको मत नपाएपछि बिहीबार उनी नेतृत्वको सरकार ढलेको थियो। त्यसलगत्तै पहिलो दलका नेताका रूपमा कांग्रेसका शाह मुख्यमन्त्री नियुक्त भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।