• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २२, २०८२ Wed, Oct 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
काठमाडौं धाउँदा-धाउँदै बित्यो पदमुक्त मुख्यमन्त्री रावलको एक महिना
64x64
शेरबहादुर ऐर शुक्रबार, माघ २७, २०७९  २१:०५
1140x725
फाइल तस्बिर।

धनगढी- बहुमत हुँदाहुँदै पनि राजेन्द्र रावल नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकार विश्वासको मत नपाएर एक महिनामै ढलेको छ। सत्ता गठबन्धनमै रहेको दल नागरिक उन्मुक्ति पार्टीको समर्थन नपाउँदा पुस २७ मा मुख्यमन्त्री नियुक्त भएका रावल सरकारबाट बाहिरिनुपरेको हो।

विश्वासको मत नपाउँदा शासकीय सुधार, सेवा प्रवाह, सदाचार प्रवर्धन र विद्युत महसुल छुट लगायत प्रदेशको विकास गर्ने आफ्नो योजना असफल भएको रावलले बताएका छन्। 

मुख्यमन्त्रीबाट पदमुक्त भएपछि उनले सञ्चारमाध्यमलाई प्रतिक्रिया दिँदै भने, ‘प्रदेशको समग्र विकासका लागि सबै दल एकजुट हुनुपर्छ। मेरो नेतृत्वमा सरकार नबने पनि म सभाबाट प्रदेशमा सुशासन, सेवा प्रवाह सुधार, शासकीय सुधार तथा समग्र नागरिकका आधारभूत सेवासँगै प्रदेशको विकासका लागि सशक्त रुपमा भूमिका निर्वाह गर्छु।’

मुख्यमन्त्रीमा नियुक्त भएपछि रावलको बढी समय काठमाडौं केन्द्रित भयो। सत्तारुढ गठबन्धन दल भित्रका दलहरुबाट साथ र सहयोग खोज्न उनी बढी समय काठमाडौंमै उच्चस्तरीय राजनीतिक दलहरुसँगको भेटघाटमा जुटे।

उनले आफनो एक महिना कार्यकालमा दुई मन्त्री नियुक्त गरे पनि मन्त्रालयको जिम्मेवारी दिन सकेनन्। उनको नेतृत्वमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता खगराज भट्ट र नेकपा एमालेकी सन्तोषकुमारी शर्मा थापा विना विभागीय मन्त्रीमा नियुक्त भएका थिए। 

मुख्यमन्त्रीको जिम्मेवारी सम्हाल्दा उनको नेतृत्वको सरकारको दुई पटक मन्त्रिपरिषद बैठक बसेका छन्। पुस २८ गते बसेको १४८औं मन्त्रिपरिषदको बैठकको प्रथम निर्णय थियो, ‘शासकीय सुधार, सेवा प्रवाह, सदाचार प्रवर्धन र विद्युत महसुल छुट लगायतका विषय कार्यान्वयन गर्ने।’

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको प्रस्तावमा पेस भएका तीन बुँदे निर्णय भएको छ। दोस्रो निर्णय समपुर र विशेष अनुदान मागको लागि योजना तथा आयोजना स्वीकृत गर्ने थियो।

उनको नेतृत्वको सरकारको तेस्रो निर्णय भने जनप्रतिनिधिको सेवा सुविधा सम्बन्धी केन्द्रित थियो। मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको प्रस्ताव पेस भएको बुँदा ३ को निर्णयमा भनिएको छ, ‘स्थानीय सेवाको गठन, सञ्चालन तथा सेवा सर्तको व्यवस्था गर्ने विधेयकको मस्यौदा तर्जुमाका लागि सैद्धान्तिक स्वीकृत प्रदान गर्ने।’

Ncell 2
Ncell 2

रावल नियुक्त भएपछि मन्त्रिपरिषदको दोस्रो बैठक माघ ४ गते बसेको थियो। सो बैठकले नवपरिवर्तनकारी आयोजना कार्यान्वयनको लागि नवप्रवर्तन साझेदारी कोषबाट व्यहोरिने रकम सशर्त अनुदानको रुपमा सम्बन्धित स्थानीय तहलाई हस्तान्तरण गर्ने निर्णय गरेको थियो।

यस कार्यक्रम अन्तर्गत तीन वटा स्थानीय तह छनोट भएका थिए। मंसिर २३ गते प्रदेश सरकारले सो आयोजना लागू गर्न दार्चुलाको नौगाढ, बझाङको मष्ठा गाउँपालिका र बाजुरा बडिमालिका नगरपालिकामा स्वीकृत गरेको थियो।

पटक-पटक विश्वासको मतको तयारी तर, अन्तिममा असफल
मुख्यमन्त्रीमा नियुक्त भएपछि रावलले माघ ११ गते विश्वासको मत लिने तयारी गरेका थिए। तर उन्मुक्तिको साथ नपाउने भएपछि उनले बैठक सार्न सभामुखसँग अनुरोध गरे। 

माघ ११ गते आह्वान गरिएको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको थियो। सभामुख भण्डारीले रावलको विश्वासको विश्वासको मतका लागि माघ २० तथा २२ गते राख्ने गरी तयारी गरेका थिए। तर सत्तारुढ दलबाटै असहयोग हुने भएपछि मुख्यमन्त्री रावलको आग्रहमा माघ २५ गते ११ बजे बैठक आह्वान गर्ने गरी सूचना जारी भयो। 

माघ २५ गते नागरिक उन्मुक्ति पार्टीका प्रदेश सभा सदस्यहरु काठमाडौं पुगेपछि उनकै आग्रहमा दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित भयो। तर फेरि विश्वासको मत नपाउने सम्भावना देखेका रावलले माघ २६ गते दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गर्न अनुरोध गरे। सोही बमोजिम २६ गते १ बजेसम्मका लागि बैठक स्थगित भएको थियो।

माघ २६ गते १ बजे आह्वान गरिएको बैठक पनि ४ बजेसम्मका लागि स्थगित भयो। पुस २६ गते साँझ ५ बजेभित्र विश्वासको मतको प्रस्ताव पेस गरिसक्नुपर्ने संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री रावलले राजीनामा दिनुभन्दा पनि सदनमा बहुमत जुटाउन ‘फेस’ गरे। अन्तिम समयमा उनले बहुमत पाउन नसकेपछि सभामुखले रावल मुख्यमन्त्री पदमुक्त भएको सभालाई जानकारी दिए। पदमुक्त भएलगत्तै रावलले प्रदेश प्रमुख देवराज जोशीलाई राजीनामा बुझाउँदै कञ्चनपुरतर्फ हिँडे।

प्रकाशित मिति: शुक्रबार, माघ २७, २०७९  २१:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शेरबहादुर ऐर
शेरबहादुर नेपाललाइभका संवाददाता हुन्
लेखकबाट थप
अदालतमै चलिरहेको रिटको बेवास्ता गर्दै धनगढीमा जग्गासम्बन्धी कार्यविधि लागू
धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी?’
स्थानीय तहमा जथाभावी नदिजन्य पदार्थ उत्खनन बढ्दो
सम्बन्धित सामग्री
विशेष महाधिवेशनका लागि २४ असोजसम्म हस्ताक्षर गरिसक्न विश्वप्रकाशको आग्रह २६ गते कांग्रेसको केन्द्रीय समितिको बैठक बस्दैछ । कतिपयले केन्द्रीय समितिको बैठकपछि हस्ताक्षर गरे हुन्न भन्ने गरेको उल्लेख गर्दै तिन... मंगलबार, असोज २१, २०८२
ओलीको राहदानी रोक्का भएकोमा एमालेको आपत्ति, प्रतिशोधपूर्ण निर्णय भएको टिम्पणी एमाले सचिवालय बैठकले तीनवटा निर्णय गर्दै यसअघि नै गृह मन्त्रालयमार्फत मिडिया ट्रायल गरेर र दसैंको मौका पारेर गरिएको यस्तो निर्णय राज... आइतबार, असोज १२, २०८२
ओली र लेखकसहित ५ जनालाई उपत्यका छाड्न पनि आयोगको अनुमति चाहिने ओली र लेखकसहित पूर्वगृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख हुतराज थापा र पूर्व प्रमुख जिल्ला अधिकारी छविल... आइतबार, असोज १२, २०८२
ताजा समाचारसबै
बालेनको स्पष्टीकरण :  भिडले महानगरको दमकललाई सिंहदरबारको आगो निभाउन दिएन मंगलबार, असोज २१, २०८२
इन्दु बर्माको कप्तानी इनिङ्समा नेपाल विजयी, सिरिज २–२ को बराबरीमा मंगलबार, असोज २१, २०८२
जेनजीका गतिविधि बढेपछि काठमाडौंमा सुरक्षा बढाइयो मंगलबार, असोज २१, २०८२
इलाम पहिरो: मृत्यु हनेको संख्या ३९ पुग्यो मंगलबार, असोज २१, २०८२
विशेष महाधिवेशनका लागि २४ असोजसम्म हस्ताक्षर गरिसक्न विश्वप्रकाशको आग्रह मंगलबार, असोज २१, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जेनजीका गतिविधि बढेपछि काठमाडौंमा सुरक्षा बढाइयो मंगलबार, असोज २१, २०८२
जेनजी अगुवाले चलाए ‘एरेस्ट केपी ओली’ अभियान सोमबार, असोज २०, २०८२
इन्दु बर्माको कप्तानी इनिङ्समा नेपाल विजयी, सिरिज २–२ को बराबरीमा मंगलबार, असोज २१, २०८२
यस वर्षको मनसुन नेपालबाट बाहिरिँदै सोमबार, असोज २०, २०८२
विशेष महाधिवेशनका लागि २४ असोजसम्म हस्ताक्षर गरिसक्न विश्वप्रकाशको आग्रह मंगलबार, असोज २१, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
जेन–जी प्रदर्शनपछि माडागास्करका राष्ट्रपतिद्वारा सरकार भंगको घोषणा, जिम्मेवारी पूरा गर्न नसकेकोमा माफी मागे मंगलबार, असोज १४, २०८२
विपद जोखिम नरहेका जिल्लामा सार्वजनिक सेवा सुचारु गर्न गृहको निर्देशन आइतबार, असोज १९, २०८२
वेस्ट इन्डिजविरुद्धका दुई खेलमा सन्दीप निलम्बित, विश्वकप क्वालिफायर भने खेल्ने बुधबार, असोज १५, २०८२
आफूसँग रहेका सबै इजरायली बन्धक रिहाइका लागि हमास तयार, नेतान्याहुले के भने? शनिबार, असोज १८, २०८२
आइतबार र सोमबार सार्वजनिक बिदा शनिबार, असोज १८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्