काठमाडौं- मिडिया स्पेस सोलुसन्स र युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्टसको आयोजनामा ‘पाँचौं नेपाल एग्रिटेक अन्तर्राष्ट्रिय प्रदर्शनी’ आजबाट सुरु भएको छ।
कृषि क्षेत्रको विकासमा सहयोग गर्ने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको जानकारी आयोजकले दिएका छन्। माघ २७, २८ र २९ गतेसम्म चल्ने प्रदर्शनी चितवन प्रदर्शनी केन्द्र भरतपुरमा सञ्चालन भइरहेको छ।
प्रदर्शनीमा स्वदेशी तथा विदेशी कृषिसम्बन्धी कम्पनीहरूका १ सय ५० भन्दा बढी स्टल राखिएका छन्।
प्रदर्शनीमा कुखुरापालन, माछा पालन, बाख्रापालन, गाई भैंसीपालन, डेरी लगायत कृषिका नवीनतम औजार, उपकरण, केरा खेती, थोपा सिँचाइ, विषादीरहित कृषिका विभिन्न विधाका बारेमा जानकारी प्राप्त गर्न सकिने आयोजकले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।