काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ।
कांग्रेस सभापति देउवालाई भेट्न नेकपा एसका अध्यक्ष नेपाल देउवा निवास धुम्बाराही पुगेका छन्। अहिले दुई नेताबीच छलफल भइरहेको छ।
उनीहरुबीच समसामयिक राजनीति र राष्ट्रपति निर्वाचनका विषयमा छलफल भएको बताइएको छ। एस अध्यक्ष नेपालले बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।