फाइल तस्बिर काठमाडौं– भारतका विदेश सचिव विनय मोहन क्वात्रा नेपाल भ्रमणमा आउने भएका छन्। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार उनी सोमबार (फागुन १ गते) काठमाडौं आइपुग्ने कार्यक्रम छ।
परराष्ट्र सचिव भरत राज पौड्यालको निमयन्त्रणामा क्वात्रा नेपाल आउन लागेका हुन्। नेपालका लागि भारतीय राजदूत समेत रहिसकेका क्वात्राले नेपाल भ्रमणका क्रममा उच्चस्तरीय भेटवार्ता गर्ने कार्यसूची तय छ।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड), परराष्ट्रमन्त्री बिमला राई पौड्याल लगायतसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ। क्वात्राले प्रधानमन्त्री प्रचण्डलाई भारत भ्रमणको निम्तो समेत दिनेछन्।
उनले सत्ता साझेदार तथा विपक्षी दलका प्रमुख नेताहरुसँग पनि भेटवार्ता गर्ने जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।