धनगढी– सुदूरपश्चिम प्रदेश सरकारको विश्वासको मत प्रक्रियाप्रति नेकपा (एमाले)ले नियमापत्ति जनाएको छ।
सभामुख भीमबहादुर भण्डारीले विश्वासको मत ध्वनी मतबाट गराएको भन्दै यो नियमसंगत नभएको एमालेले दाबी गरेको हो।
एमालेका प्रदेश सभा सदस्य धर्मराज पाठकले विश्वासको मत जस्तो प्रक्रियामा ध्वनी माध्यमबाट गराउनु संसद्को अभ्यास र परम्पराविपरीत रहेको बताए।
‘विश्वासको मतमा सबै दलका नेताले सम्बोधन गर्ने, सभामा उठेका प्रश्नको जवाफ दिने र मुख्यमन्त्रीले विश्वासको मतका लागि प्रस्ताव पेस गर्ने सहमति भएको थियो,’ उनले भने, ‘मुख्यमन्त्रीले प्रस्ताव पेस गरेपछि मतदानमा जाने भनिएको थियो।’
सभाको नियमावलीमा ध्वनीबाट गरिएको मतदानमा कसैले नियमापत्ति जनाउनु पर्ने उनको तर्क थियो। उनले भने, ‘मैले नियमापत्ति जनाएको थिए। सभामुखले रोक्नुपथ्र्यो, रोकेनन्।’
उनले विश्वासको मतलाई सामान्य प्रस्ताव झै निर्णायार्थ पेस गर्नु उपयुक्त नभएको बताए। ‘हाम्रा कति मत भन्ने पनि थाहा भएन। अनि विश्वासको मत भयो–भएन भन्न सकिँदैन,’ उनले थपे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।