• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १७, २०८३ Wed, Sep 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

राष्ट्रपति निर्वाचन : पाँचै वर्ष प्रधानमन्त्री हुने सुनिश्चितता खोज्दै प्रचण्ड

64x64
किशोर दहाल बिहीबार, माघ २६, २०७९  २०:३७
1140x725

काठमाडौं- एमाले केन्द्रीय सचिवालयको निर्णय सुनाउँदै पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले भने- ‘यस्ता खलका गठबन्धनहरुलाई टिकाइराख्नका लागि विश्वासको वातावरण निर्माण गरिराख्नु, विश्वास टिकाइराख्नु, हिजो गरिएका प्रतिबद्धता, हिजो गरिएका समझदारीलाई कार्यान्वयन गरिराख्नु महत्त्वपूर्ण हुन्छ। त्यसमा थोरै समस्या उत्पन्न भएको छ। सम्भवतः भोलि बस्ने उच्चस्तरीय संयन्त्रमा समीक्षा होला भन्ने मैले विश्वास गरेको छु।’ ज्ञवालीले भनाइमा दुई सन्देश प्रष्ट छ। पहिलो, गठबन्धन टिकाउनुपर्छ। दोस्रो, त्यसका लागि हिजोका समझदारी कार्यान्वयन गर्नुपर्छ। उनको भनाइमा एमालेको चाहना जति व्यक्त भएको छ, त्यस विपरीतको वातावरण निर्माण हुँदै गएको वास्तविकता पनि उजागर भएको छ।

यसको पृष्ठभूमिमा एमाले र माओवादी केन्द्रबीच बढ्दो असमझदारीसँग जोडिएको छ। अन्य कतिपय विषय त छँदैछन्, मुख्यरुपमा भने त्यो असमझदारी फागुन २५ मा हुँदै गरेको राष्ट्रपति निर्वाचनलाई लिएर सिर्जित आशंकाबाट उत्पन्न भएको छ। किनकि, सो निर्वाचनमा माओवादी केन्द्रले आफ्ना उम्मेदवारलाई सघाउनेमा एमाले ढुक्क हुन सकेको छैन। त्यसैले पनि ज्ञवालीले ‘हिजोका समझदारी कार्यान्वयन गरिराख्नु महत्त्वपूर्ण हुन्छ' भनेका हुन्। यसको अन्तर्यमा छ- पुस १० को सहमति, जहाँ एमालेले प्रधानमन्त्रीमा प्रचण्डलाई सघाउने र माओवादी केन्द्रले सभामुख र राष्ट्रपतिमा एमाले उम्मेदवारलाई सघाउने सहमति भएको दुवै पार्टीका नेताहरुले बताउने गरेका छन्।

पुस १० को सहमतिलाई लिएर माओवादी केन्द्रका नेताहरुको भने आजकाल पुरक अभिव्यक्ति दिएको सुन्न पाइन्छ- 'पुस २६ मा कांग्रेसले पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिएकाले परिस्थितिमा केही बदलाव आएको छ। अब राष्ट्रपतिमा सर्वदलीय सहमति हुनुपर्छ।' त्यसैले उनीहरु राष्ट्रपतिको निर्वाचनमा आफूहरु खुला रहेको बताउने गरेका छन्। ‘सकेसम्म सहमतिको प्रयत्न गर्ने, यी (चयन हुन) बाँकी रहेका राज्यका जिम्मेवारीहरुमा’, गत माघ २१ गते सम्पन्न माओवादी केन्द्रको स्थायी समिति बैठकपछि सचिव देवेन्द्र पौडेलले भनेका थिए, ‘सहमति हुन सकेन भने जोसित हाम्रो विचार, दृष्टिकोण, उद्देश्य र लक्ष्य मिल्छ। उसैसँग मिलेर अगाडि बढ्नेगरी हामीले बैठक समाप्त गर्यौँ।’

प्रधानमन्त्री प्रचण्ड पूर्वसहमति वा पूर्वगठबन्धनलाई छाडेर अर्कोतिर हामफाल्न अप्ठ्यारो मान्दैनन्। खुला राजनीतिमा आएपछिका १६ वर्षमा उनले आफ्नो निम्ति कायम गरेको स्थिर छवि नै यही ‘अस्थिरता’ हो। जबकि, उनी स्वयं यसलाई ‘गतिशीलता’ भन्न रुचाउँछन्। कांग्रेस र एकीकृत समाजवादीलाई बालुवाटारमै छाडेर करिब एक घण्टामा बालकोट पुगेर थप दुई घण्टामा शीतल निवास पुगी प्रधानमन्त्री नियुक्त हुन सक्ने उनको ‘लचकता’ पछिल्लो सन्दर्भ मात्रै हो। माघ महिना लागेयता नै उनले एमाले नेतृत्वलाई प्रष्ट सन्देश दिइसकेका छन्- ‘म साढे १२ बजेसम्म कांग्रेस नेतृत्वको गठबन्धनमा थिएँ। त्यसपछि एमाले नेतृत्वको गठबन्धनमा आएँ। फेरि उता जान मलाई गाह्रो छैन।’ एक एमाले नेता प्रचण्डको त्यस्ता अभिव्यक्तिलाई राष्ट्रपतिको निर्वाचनसँग जोड्दै दिग्दारी र आशंका व्यक्त गर्दछन्। उनी प्रचण्ड पुस १० को सहमतिबाट पछि फर्किन खोजिरहेको आशंका गर्छन्।

आखिर प्रचण्ड किन पुस १० बाट पछि फर्किन खोजिरहेका छन् त? यसका पछाडि उनले कम्तीमा पाँच वर्षको राजनीतिक परिदृश्यको आकलन गरेको माओवादी केन्द्रका एक नेता बताउँछन्। त्यसमा केही राष्ट्रिय, अन्तर्राष्ट्रिय  राजनीतिका सन्दर्भ र केही उनका व्यक्तिगत हिसाबकिताब छन्। उनका अनुसार, अहिले राष्ट्रपतिमा एमालेका उम्मेदवारलाई सघाउन प्रचण्ड तयार नै छन्। तर, त्यसपछिको सम्भावित अवस्थालाई लिएर उनी आशंका गरिरहेका छन्। ‘राष्ट्रपतिमा ओली निकटकै व्यक्ति हुँदा पनि यो अढाइ वर्ष त थेग्न सकिएला। किनकि, प्रधानमन्त्री त प्रचण्ड नै हो। फेरि सुरुमै ओलीले बनाएको राष्ट्रपतिले संविधानको पालना गर्दैनन्, संविधानको औचित्य राख्दैनन् भन्ने भाष्य बलियो भएकाले पनि राष्ट्रपति रक्षात्मक हुन सक्लान्’, ती नेता भन्छन्, ‘त्यसपछि भने प्रधानमन्त्री र राष्ट्रपतिमा नै एमालेका, अझ ओली र ओली निकटकै व्यक्ति हुँदा त २०७७ सालकै स्थिति भइहाल्छ नि।’

Ncell 2
Ncell 2
nimb
nimb

माओवादीले साथ दिएर एमालेको उम्मेदवारले राष्ट्रपतिमा जिते ओलीबाट सामान्य अवरोधचाहिँ फागुन २५ (राष्ट्रपति निर्वाचन) पछि नै सुरु हुनसक्ने उनको शंका छ। त्यतिबेला ओली अहिलेजस्तो सरकारको पक्षमा बलियोसँग नउभिने उनको बुझाइ छ। नेकपाकालमा तत्कालीन प्रधानमन्त्री ओलीलाई प्रचण्ड लगायतले साथ नदिएको, बरु सरकारको विरुद्ध प्रचार गरेको उनले आरोप लगाउने गरेका छन्। ‘ओली यस्ता विषय बिर्सिने नेता होइनन्। राष्ट्रपति निर्वाचनपछि उनले सरकारविरुद्ध आफ्नो वास्तविक रुप देखाउन सक्छन्’, उनको आकलन छ।

ओलीले अहिले पनि प्रतिनिधि सभा विघटन गर्नु ठीक थियो भनेर दिइरहेको अभिव्यक्तिले पनि प्रचण्डलाई दिक्क लगाइरहेको उनको भनाइ छ। ओलीले संसद्बाटै दिएको त्यस किसिमको अभिव्यक्तिप्रति प्रधानमन्त्री प्रचण्डले समेत जवाफ दिनुपरेको थियो। त्यसैले अहिले ओली निकटका व्यक्तिलाई राष्ट्रपति बनाउने र अढाइ वर्षपछि ओलीलाई प्रधानमन्त्री बनाउने हो भने, त्यतिबेला हुने सम्भावित राजनीतिक गडबडीको जिम्मेवारी प्रचण्डले समेत बोक्नुपर्छ। किनकि, त्यो परिस्थिति निम्तिन नदिने अहिलेको समयको सदुपयोग नगरेको आरोप उनीमाथि लाग्नेछ।

अर्कोतिर, यही बेला कांग्रेसले पनि प्रधानमन्त्री प्रचण्डलाई विभिन्न ‘अफर’ गरिरहेको छ। जुन चेतावनीयुक्त पनि छ भन्छन्, कतिपय कांग्रेस नेता। आफ्ना उम्मेदवारलाई राष्ट्रपतिमा नसघाएमा आफूहरु अबदेखि माओवादी केन्द्रसँग कुनै खालको सहकार्य नगर्ने सन्देश प्रचण्डलाई दिइएको एक नेता बताउँछन्। ‘२०७७ पुसमा प्रतिनिधि सभा विघटनपछिको कठिन समयमा कांग्रेसले माओवादी केन्द्रलाई बोक्यो। कांग्रेसले प्रधानमन्त्री त पायो, तर माओवादी केन्द्र र प्रचण्डको राजनीति जोगियो। यो चुनावमा पनि पार्टीभित्रको आलोचनाका बाबजुद माओवादी केन्द्रलाई सहयोग गर्‍यो। राष्ट्रपतिमा सहयोग नगरे आगामी दिनमा यस्ताे परिस्थिति दोहोरिने छैन’, प्रचण्डलाई पुर्याइएको सन्देश सुनाउँदै कांग्रेसका एक नेता भन्छन्।

प्रचण्ड एक्लै चुनाव लड्न चाहँदैनन् भन्ने बुझाइकै कारण कांग्रेसले त्यस किसिमको सन्देश दिएको बुझ्न कठिन छैन। त्यसैले प्रचण्डले राष्ट्रपति निर्वाचनलाई लिएर गर्ने निर्णय पाँच वर्षपछिको निर्वाचनसँग पनि जोडिएको छ।

यी सबै पृष्ठभूमिका बीच प्रचण्डले चाहेको मुख्य विषय हो- पाँच वर्षसम्म आफ्नो प्रधानमन्त्री पदको सुनिश्चितता। प्रचण्डले कांग्रेस र एमालेलाई खुलस्त नभनिसकेको तर संकेत दिएको विषय हो यो। त्यो सुनिश्चित हुन सक्यो भने एमालेकै उम्मेदवारलाई पनि राष्ट्रपतिमा सघाउन प्रचण्ड तयार रहेको माओवादी केन्द्रका ती नेता बताउँछन्। त्यसो हुन सक्यो भने, राष्ट्रपतिमा जतिसुकै प्रतिकूल व्यक्ति भए पनि थेग्न सकिने उनको ठम्याइ छ।

त्यसो त, प्रचण्डलाई पाँचै वर्ष प्रधानमन्त्रीमा सघाउने आश्वासन कांग्रेसबाट पनि गइसकेको नेताहरु बताउँछन्। तर प्रचण्डले भने अझै ठोस प्रस्ताव खोजेका छन्। खासगरी उनी कांग्रेसभित्रका सबै पक्षको अपनत्व रहने खालको प्रस्ताव र सहमतिको आशामा छन्। किनकि, यस्तो प्रस्ताव र सहमति खुला रुपमा गर्न नसकिने र गोप्य रुपमा गरिने सहमतिलाई सम्पूर्ण पार्टी पंक्तिले नमान्ने जोखिम हुन्छ। प्रचण्डले त्यो अनुभव नेकपाकालमा पनि गरिसकेका छन्। उसै पनि कांग्रेस महामन्त्री गगन थापाले यसअघि फरक सन्दर्भमा गोप्य रुपमा गरिने सहमति आफूहरुले नमान्ने घोषणा गरेका थिए। ‘कांग्रेस वा एमालेसँग हाम्रो हित हेरेर सम्बन्ध राख्ने हो। हाम्रो फाइदा हेरेर सहयोग आदानप्रदान गर्ने हो’, माओवादी केन्द्रका ती नेता भन्छन्, ‘अब कसले बढी फाइदाजनक प्रस्ताव राख्छन्। उसैलाई सघाउने हुनसक्छ।’

यो पनि पढ्नुहोस

सुदूरपश्चिमबाट अस्ताउन थालेको हो सूर्य?


 

प्रकाशित मिति: बिहीबार, माघ २६, २०७९  २०:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले बैठक आगामी शनिबार दिउँसो १ बजे सानेपामा बस्ने जानकारी दिए । बुधबार, भदौ १७, २०८३
मंसिरमा २१ देखि २३ गतेसम्म १५ औँ महाधिवेशन गर्ने देउवा समूहको प्रस्ताव बैठकमा वडा अधिवेशन असोज १५ गते, पालिका अधिवेशन असोज २० गते, प्रदेश निर्वाचन एवम् प्रतिनिधिसभा निर्वाचन क्षेत्रको अधिवेशन असोज २३ गते... बुधबार, भदौ १७, २०८३
मंसिर २१ देखि २३ गतेसम्म महाधिवेशन गर्ने तयारीमा देउवा समूह बुधबार चुनदेवीस्थित सम्पर्क कार्यालयमा बसेको ‘१५औँ केन्द्रीय महाधिवेशन तयारी समिति’को दोस्रो बैठकमा महाधिवेशनको मिति र विभिन्न तहका... बुधबार, भदौ १७, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीः रसुवामा १३३ शव सङ्कलन बुधबार, भदौ १७, २०८३
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार, भदौ १७, २०८३
मंसिरमा २१ देखि २३ गतेसम्म १५ औँ महाधिवेशन गर्ने देउवा समूहको प्रस्ताव बुधबार, भदौ १७, २०८३
मन्दिरको जग्गा व्यक्तिको नाममा दर्ता, मालपोत प्रमुखसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा बुधबार, भदौ १७, २०८३
प्रधानन्यायाधीश र न्यायाधीशहरुले राहत कोषमा १ करोड २४ लाख योगदान गर्ने बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
आजदेखि हेटौंडादेखि काठमाडौं चल्ने सवारीसाधनको छुट्टाछुट्टै रुट मंगलबार, भदौ १६, २०८३
रसुवा, धादिङ र ललितपुरका सडकखण्ड पूर्ण अवरुद्ध मंगलबार, भदौ १६, २०८३
जब ७८ वर्षीय धनपति सहायता दिन सिंहदबार पुगे! मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्