complimentary FOC Ncell Content Block complimentary FOC Ncell Content Block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

फिल्म ‘रुदाने’ : ट्रिजरले पर्खाइरह्यो, सुटिङ चाहिँ अड्किरह्यो

64x64
समर्पण श्री शनिबार, माघ २८, २०७९  १०:१९
1140x725

काठमाडौं– थाहा अभियन्ता रुपचन्द्र विष्टको जीवनमा आधारित फिल्म ‘रुदाने : विद्रोहको नेपाली नाम’को ट्रिजर २९ सेप्टेम्बर २०२१ मा सार्वजनिक भयो। सार्वजनिक ट्रिजरमा गाउँ गाउँमा गएर मानिसलाई ‘थाहा पाउनुपर्छ’ भन्दै जागरुक बनाउने रुदाने दुरुस्तै देखिएका थिए। 

ट्रिजरले फिल्मको प्रतीक्षालाई झन् झन् बढाएको थियो। ‘रुदाने’टिमको कामलाई धेरैले प्रशंसा पनि आएको थियो। 

हास्य कलाकार मनोज गजुरेलले टिमलाई बधाई दिँदै लेखेका थिए, ‘आफ्नो ज्यान बचाउन मान्छेले जीवनमा थुप्रै कर्म गर्नुपर्छ। तर, कसैकसैलाई एउटै कर्मले जीवनपछि पनि ‘जीवित’ राख्दछ। चलचित्र ‘रुदाने’ टीमले त्यस्तै सुन्दर काम गरेको छ। जसले उहाँहरुलाई जीवनपछि पनि जनमानसले सम्झिरहनेछ।’

उनले लेखेको स्टाटस निकै घतलाग्दो थियो। फेसबुकमा उनको स्टाटसको एक अंश यस्तो थियो, ‘आशा गरौं- बिर्सिएका ती ‘करिस्म्याटिक विद्रोही’ ‘रुदाने’लाई सिनेमा मार्फत् अहिलेको पुस्ताले चिन्नेछ। र, भन्नेछ- ‘चे ग्वेभारा त नेपालमा पनि जन्मिएका रहेछन्!’

धेरैले प्रतीक्षा गरेको रुपचन्द्रको बायोपिक ‘रुदाने’ कहिले प्रदर्शन हुन्छ? 

यसको जवाफ दर्शकहरूले पाउन सकेका छैनन्। १८औं स्मृति दिवसका दिन घोषणा गरिएको उक्त चलचित्र ०७४कै अन्तिममा रिलिज गर्ने घोषणा निर्माण टिमले गरेको थियो। तर घोषणा भएको पाँच वर्षसम्म पनि फिल्म प्रदर्शनको छाँटकाँट देखिन्न। 

सुटिङ बाँकी , तर अनिश्चित

Ncell 2
Ncell 2
nimb
nimb

फिल्मको ट्रिजर सार्वजनिक हुँदा फिल्मको ३० प्रतिशत सुटिङ सकिएकै थिएन। ६ महिनाअघि फिल्मबारे कुरा गर्दा रुपचन्द्रको भूमिका निर्वाह गरेका अभिनेता दिव्यदेवले भनेका थिए, ‘७० प्रतिशत सकिएको थियो। बाँकी अहिलेसम्म छायाँकन भएको छैन। कहिले हुन्छ नै थाहा छैन।’

अमित किशोर सुवेदी र विकास ढकालले संयुक्त लेखन तथा निर्देशन गरेको फिल्मलाई  जागृत रायमाझीले निर्माण गरेका थिए। फिल्मको मुख्य चरित्रमा दिव्यदेवका साथै नम्रता श्रेष्ठ, रवि गिरि ,सुभाष गजुरेल, अमर सुवेदी लगायतका एक सय भन्दा बढी कलाकारहरुको अभिनय थियो।

अहिलेसम्म बाँकी सुटिङ सुरु नहुँदा कलाकारहरूमा निराशा छाएको छ। अभिनेता दिव्यदेव यसबारे अहिले केही बोल्न चाहँदैनन्। केही समयसम्म उनी आफैंले पनि बाँकी सुटिङका लागि पहल गरे। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

तर सुरु नभएपछि अहिले उनी निराश देखिएका छन्।

निर्माण टिम भन्छ– अर्को वर्ष रिलिज हुन्छ 

सुटिङ किन रोकियो? निर्माण टिमसँग यसको ठोस जवाफ छैन। निर्माता जागृत रायमाझी आर्थिक कारण सुटिङ नरोकिएको बताउँछन्। बरु आगामी फागुनको दोस्रो सातापश्चातात् बाँकी सुटिङ सकाउने उनको दाबी छ।

‘हामीले लगातार ५५ दिन सुटिङ गर्‍यौं। चेपाङ बस्तीमा गएर १५ दिन बस्दा ह्याङ भएको थियो। रेस्ट गर्न रोकेका थियौं। त्यसपछि कोभिड सुरु भयो,‘ जागृत बताउँछन्। 

जागृतका अनुसार ३ वर्ष लगाएर अनुसन्धान र १ वर्ष स्क्रिप्टमा लगानी गरेर सुरु गरिएको फिल्म हो यो। अनुसन्धानको बेला १२ सय जना मान्छेसँग निर्माण टिमले भेटेर कुरा गरेको थियो।

 अब ८ प्रतिशत मात्र सुटिङ बाँकी भएकाले पनौती लगायतका लोकेसनमा आगामी महिनामै छायांकन गरिसिध्याउने उनले बताए।

कथालाई केही परिवर्तन गरिएकाले छायांकनमा धेरै समय नलाग्ने उनको दाबी छ। ‘अब १० लाख जतिमा सुटिङ सकिन्छ। सबै गरेर १ करोड लगानी पुग्छ। अब ०८० सालमा फिल्म दर्शकले हेर्न पाउनेछन्,’ उनी भन्छन्।

फिल्मका निर्देशक विकास ढकाल भने दुई महिनापछि सुटिङमा जाने बताउँछन्। निर्माता र निर्देशले भनेको सुटिङको मिति भने फरक छ। यसर्थ उनीहरू निश्चित देखिन्नन्। ढकाल अहिले पोस्ट प्रोडक्सनको काम भइरहेको पनि बताउँछन्। 

उनको दाबी छ– भदौसम्म सम्पूर्ण काम सकिनेछ।

सम्भावना कति?

‘रुदाने’ चरित्रका लागि दिव्यदेवले निकै मिहिनेत गरेका थिए। रुपचन्द्रको आवरण, लवज र हाउभाउमा उनले निकै दिन र महिना खर्चिएका थिए। पात्रको तयारी गरिरहँदा रुदाने आवरणमा काठमाडौंको आकाशे पुलमा भाषण समेत गरे। 

रत्नपार्कमा भाषण मात्र गरेनन्,  कविता लेखिएका पर्चा बनाएर बेचे पनि। चरित्रका लागि दिव्यदेवले गरेको लगानीले ६ महिनाअघिसम्म उनलाई चिन्तित तुल्याइरहन्थ्यो। सबैले भेट, फोन तथा म्यासेजमा सोधिरहन्थे– रुदाने कहिले आउँछ। जवाफ थिएन उनीसँग।

त्यसको जवाफ त उनीसँग अहिले पनि छैन। निर्माता र निर्देशकले भनेअनुसार सुटिङबारे जानकारी पनि छैन दिव्यदेवलाई। अहिले उनी पोएट आइडको होस्ट गरिरहेका छन्। सुटिङको कुरा आयो भने पनि उनी तत्काल समय दिन सक्ने अवस्थामा देखिन्नन्। रुदानेको आवरण, लवजमा फेरि सुरुदेखि काम गर्नुपर्‍यो। 

यद्यपि निर्माता चरित्रमा धेरै मिहिनेत गर्नुपर्ने चुनौती बाँकी भागमा नरहेको बताउँछन्। टिमका केही कलाकार भने नाम नखुलाउने सर्तमा बाँकी काम सुरु नभएकोमा मात्र हैन, अहिलेसम्म पारिश्रमिक नपाएकोमा पनि दु:खेसो गर्छन्।

प्रकाशित मिति: शनिबार, माघ २८, २०७९  १०:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
समर्पण श्री
लेखकबाट थप
जब माओत्सेलाई ‘दयारानी’को फेरि माया लागेर आयो
‘हल्‍कारा’को पात्रले खाने खैनी, जसले महेशलाई निकै वर्षसम्म सतायो
किन पलायन हुँदैछन् नेपाली डाक्टर?
सम्बन्धित सामग्री
‘सारथी’ को प्रोमो सार्वजनिक अभिनेत्री निरुता सिंहलाई फरक र गम्भीर अवतारमा प्रस्तुत गर्दै सिनेमा ‘सारथी’ को प्रोमो सार्वजनिक गरिएको छ । किम्भे प्रोडक्सनको आधिकार... मंगलबार, असोज २७, २०८३
विजय बराल भन्छन्– पाटेकरलाई एकपटक भेट्ने चाहना पूरा हुन पाएन अभिनेता नाना पाटेकरको निधनको खबर सुनेपछि नेपाली अभिनेता विजय बरालले आफू स्तब्ध भएको बताएका छन्। बिहीबार, असोज २२, २०८३
बलिउडमा एक युगको अन्त्य : पाटेकरको निधनमा सहकलाकार शोकमा भारतीय चलचित्रका चर्चित अभिनेता नाना पाटेकरको निधनपछि उनका सहकलाकार तथा बलिउडका कलाकारहरूले दुःख व्यक्त गर्दै उनलाई असाधारण अभिनेता... बिहीबार, असोज २२, २०८३
ताजा समाचारसबै
तिब्बती भाषा पढाउन भन्दै भारत लैजाँदै गरेका २५ बालबालिको बनबासाबाट उद्धार बिहीबार, असोज २९, २०८३
भोटेकोशी बाढीपीडितलाई १८ करोड ४८ लाखभन्दा बढी राहत वितरण बिहीबार, असोज २९, २०८३
कांग्रेस महाधिवेशनको सम्पूर्ण मतपरिणाम आज बेलुकीसम्म आउने बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
‘सरकारको भ्रष्टाचारविरुद्धको अभियानलाई समर्थन गर्छौं तर प्रमाणबिना उद्यमीलाई दोषी ठहर नगरियोस्’ : अध्यक्ष श्रेष्ठ बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्