• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, पुस २४, २०८२ Thu, Jan 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

फिल्म ‘रुदाने’ : ट्रिजरले पर्खाइरह्यो, सुटिङ चाहिँ अड्किरह्यो

64x64
समर्पण श्री शनिबार, माघ २८, २०७९  १०:१९
1140x725

काठमाडौं– थाहा अभियन्ता रुपचन्द्र विष्टको जीवनमा आधारित फिल्म ‘रुदाने : विद्रोहको नेपाली नाम’को ट्रिजर २९ सेप्टेम्बर २०२१ मा सार्वजनिक भयो। सार्वजनिक ट्रिजरमा गाउँ गाउँमा गएर मानिसलाई ‘थाहा पाउनुपर्छ’ भन्दै जागरुक बनाउने रुदाने दुरुस्तै देखिएका थिए। 

ट्रिजरले फिल्मको प्रतीक्षालाई झन् झन् बढाएको थियो। ‘रुदाने’टिमको कामलाई धेरैले प्रशंसा पनि आएको थियो। 

हास्य कलाकार मनोज गजुरेलले टिमलाई बधाई दिँदै लेखेका थिए, ‘आफ्नो ज्यान बचाउन मान्छेले जीवनमा थुप्रै कर्म गर्नुपर्छ। तर, कसैकसैलाई एउटै कर्मले जीवनपछि पनि ‘जीवित’ राख्दछ। चलचित्र ‘रुदाने’ टीमले त्यस्तै सुन्दर काम गरेको छ। जसले उहाँहरुलाई जीवनपछि पनि जनमानसले सम्झिरहनेछ।’

उनले लेखेको स्टाटस निकै घतलाग्दो थियो। फेसबुकमा उनको स्टाटसको एक अंश यस्तो थियो, ‘आशा गरौं- बिर्सिएका ती ‘करिस्म्याटिक विद्रोही’ ‘रुदाने’लाई सिनेमा मार्फत् अहिलेको पुस्ताले चिन्नेछ। र, भन्नेछ- ‘चे ग्वेभारा त नेपालमा पनि जन्मिएका रहेछन्!’

धेरैले प्रतीक्षा गरेको रुपचन्द्रको बायोपिक ‘रुदाने’ कहिले प्रदर्शन हुन्छ? 

यसको जवाफ दर्शकहरूले पाउन सकेका छैनन्। १८औं स्मृति दिवसका दिन घोषणा गरिएको उक्त चलचित्र ०७४कै अन्तिममा रिलिज गर्ने घोषणा निर्माण टिमले गरेको थियो। तर घोषणा भएको पाँच वर्षसम्म पनि फिल्म प्रदर्शनको छाँटकाँट देखिन्न। 

सुटिङ बाँकी , तर अनिश्चित

Ncell 2
Ncell 2

फिल्मको ट्रिजर सार्वजनिक हुँदा फिल्मको ३० प्रतिशत सुटिङ सकिएकै थिएन। ६ महिनाअघि फिल्मबारे कुरा गर्दा रुपचन्द्रको भूमिका निर्वाह गरेका अभिनेता दिव्यदेवले भनेका थिए, ‘७० प्रतिशत सकिएको थियो। बाँकी अहिलेसम्म छायाँकन भएको छैन। कहिले हुन्छ नै थाहा छैन।’

अमित किशोर सुवेदी र विकास ढकालले संयुक्त लेखन तथा निर्देशन गरेको फिल्मलाई  जागृत रायमाझीले निर्माण गरेका थिए। फिल्मको मुख्य चरित्रमा दिव्यदेवका साथै नम्रता श्रेष्ठ, रवि गिरि ,सुभाष गजुरेल, अमर सुवेदी लगायतका एक सय भन्दा बढी कलाकारहरुको अभिनय थियो।

अहिलेसम्म बाँकी सुटिङ सुरु नहुँदा कलाकारहरूमा निराशा छाएको छ। अभिनेता दिव्यदेव यसबारे अहिले केही बोल्न चाहँदैनन्। केही समयसम्म उनी आफैंले पनि बाँकी सुटिङका लागि पहल गरे। 

तर सुरु नभएपछि अहिले उनी निराश देखिएका छन्।

निर्माण टिम भन्छ– अर्को वर्ष रिलिज हुन्छ 

सुटिङ किन रोकियो? निर्माण टिमसँग यसको ठोस जवाफ छैन। निर्माता जागृत रायमाझी आर्थिक कारण सुटिङ नरोकिएको बताउँछन्। बरु आगामी फागुनको दोस्रो सातापश्चातात् बाँकी सुटिङ सकाउने उनको दाबी छ।

‘हामीले लगातार ५५ दिन सुटिङ गर्‍यौं। चेपाङ बस्तीमा गएर १५ दिन बस्दा ह्याङ भएको थियो। रेस्ट गर्न रोकेका थियौं। त्यसपछि कोभिड सुरु भयो,‘ जागृत बताउँछन्। 

जागृतका अनुसार ३ वर्ष लगाएर अनुसन्धान र १ वर्ष स्क्रिप्टमा लगानी गरेर सुरु गरिएको फिल्म हो यो। अनुसन्धानको बेला १२ सय जना मान्छेसँग निर्माण टिमले भेटेर कुरा गरेको थियो।

 अब ८ प्रतिशत मात्र सुटिङ बाँकी भएकाले पनौती लगायतका लोकेसनमा आगामी महिनामै छायांकन गरिसिध्याउने उनले बताए।

कथालाई केही परिवर्तन गरिएकाले छायांकनमा धेरै समय नलाग्ने उनको दाबी छ। ‘अब १० लाख जतिमा सुटिङ सकिन्छ। सबै गरेर १ करोड लगानी पुग्छ। अब ०८० सालमा फिल्म दर्शकले हेर्न पाउनेछन्,’ उनी भन्छन्।

फिल्मका निर्देशक विकास ढकाल भने दुई महिनापछि सुटिङमा जाने बताउँछन्। निर्माता र निर्देशले भनेको सुटिङको मिति भने फरक छ। यसर्थ उनीहरू निश्चित देखिन्नन्। ढकाल अहिले पोस्ट प्रोडक्सनको काम भइरहेको पनि बताउँछन्। 

उनको दाबी छ– भदौसम्म सम्पूर्ण काम सकिनेछ।

सम्भावना कति?

‘रुदाने’ चरित्रका लागि दिव्यदेवले निकै मिहिनेत गरेका थिए। रुपचन्द्रको आवरण, लवज र हाउभाउमा उनले निकै दिन र महिना खर्चिएका थिए। पात्रको तयारी गरिरहँदा रुदाने आवरणमा काठमाडौंको आकाशे पुलमा भाषण समेत गरे। 

रत्नपार्कमा भाषण मात्र गरेनन्,  कविता लेखिएका पर्चा बनाएर बेचे पनि। चरित्रका लागि दिव्यदेवले गरेको लगानीले ६ महिनाअघिसम्म उनलाई चिन्तित तुल्याइरहन्थ्यो। सबैले भेट, फोन तथा म्यासेजमा सोधिरहन्थे– रुदाने कहिले आउँछ। जवाफ थिएन उनीसँग।

त्यसको जवाफ त उनीसँग अहिले पनि छैन। निर्माता र निर्देशकले भनेअनुसार सुटिङबारे जानकारी पनि छैन दिव्यदेवलाई। अहिले उनी पोएट आइडको होस्ट गरिरहेका छन्। सुटिङको कुरा आयो भने पनि उनी तत्काल समय दिन सक्ने अवस्थामा देखिन्नन्। रुदानेको आवरण, लवजमा फेरि सुरुदेखि काम गर्नुपर्‍यो। 

यद्यपि निर्माता चरित्रमा धेरै मिहिनेत गर्नुपर्ने चुनौती बाँकी भागमा नरहेको बताउँछन्। टिमका केही कलाकार भने नाम नखुलाउने सर्तमा बाँकी काम सुरु नभएकोमा मात्र हैन, अहिलेसम्म पारिश्रमिक नपाएकोमा पनि दु:खेसो गर्छन्।

प्रकाशित मिति: शनिबार, माघ २८, २०७९  १०:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
समर्पण श्री
लेखकबाट थप
जब माओत्सेलाई ‘दयारानी’को फेरि माया लागेर आयो
‘हल्‍कारा’को पात्रले खाने खैनी, जसले महेशलाई निकै वर्षसम्म सतायो
किन पलायन हुँदैछन् नेपाली डाक्टर?
सम्बन्धित सामग्री
किताब जात्रामा कविताका साथमा गुन्जिए नायक नाजिर हुसेन उनले आफ्नो सानो हत्केलामा बाआमाका औंला समात्दै तातेताते गर्दै हिँडेको अनुभूति मात्र व्यक्त गरेनन्। आमाको न्यानो काख र कोखको चर्चा गर... बिहीबार, मंसिर २५, २०८२
भारतीय अभिनेता असरानीको निधन उनी ८४ वर्षका थिए। लामो बिरामीका कारण उनको निधन भएको परिवारजनले जानकारी दिएका छन्। मंगलबार, कात्तिक ४, २०८२
निःसन्तान जोडीको कथामा रामजी ज्ञवालीले बनाए ‘निःशब्द’ हाल पोस्ट–प्रोडक्सनको अन्तिम चरणमा रहेको ‘निःशब्द’लाई निर्देशक ज्ञवालीले च्यारिटी शोमार्फत दर्शकसमक्ष ल्याउने, अन्तर्राष्ट्रिय फिल्म... शुक्रबार, साउन ९, २०८२
ताजा समाचारसबै
प्रहरीका १० जना एसपी एसएसपीमा बढुवाका लागि सिफारिस (नामावलीसहित) बिहीबार, पुस २४, २०८२
एक लाख ३३ हजार ९८० निर्वाचन प्रहरीका लागि भर्ना खुल्यो (सुचनासहित) बिहीबार, पुस २४, २०८२
यस्तो रहनेछ देशभरको मौसम बिहीबार, पुस २४, २०८२
विशेष महाधिवेशनका नाममा गरिने विधान विपरीतका गतिविधिमा संलग्न नहुन कांग्रेस संस्थापनको निर्देशन बुधबार, पुस २३, २०८२
गगन थापाले भने– बरु विष पिउँछु, पार्टी फुट्न दिन्नँ बुधबार, पुस २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
यी हुन् राष्ट्रिय सभामा गठबन्धनका १८ उम्मेदवार बुधबार, पुस २३, २०८२
नेकपाले टुंग्यायो राष्ट्रिय सभा उम्मेदवार (सूचीसहित) बुधबार, पुस २३, २०८२
एमालेले टुंग्यायो राष्ट्रियसभाका उम्मेदवार बुधबार, पुस २३, २०८२
राष्ट्रियसभा निर्वाचन : कोशीबाट सुनिल थापा निर्विरोध बुधबार, पुस २३, २०८२
यी हुन् एमालेका ८ उम्मेदवार बुधबार, पुस २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसका पूर्वमन्त्री खड्कासहित गण्डकी एमालेका नेता रास्वपा प्रवेश शनिबार, पुस १९, २०८२
रवि लामिछाने र छविलाल जोशीलाई धरौटीमा छाड्ने आदेश उच्च अदालतद्वारा सदर बिहीबार, पुस १७, २०८२
यी हुन् राष्ट्रिय सभामा गठबन्धनका १८ उम्मेदवार बुधबार, पुस २३, २०८२
भेनेजुएलाका राष्ट्रपति अमेरिकाको कब्जामा शनिबार, पुस १९, २०८२
गगन-विश्वले विशेष महाधिवेशन आह्वान गरेपछि संस्थापन पक्षका शीर्ष नेता छलफलमा शुक्रबार, पुस १८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्