काठमाडौं– सत्ता साझेदार दलहरुको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक शुक्रबार बिहान बस्ने भएको छ। बिहीबार दिउँसो ३ बजे बस्ने भनिएको बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र संयन्त्रका संयोजक समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीको भेटवार्तापछि शुक्रबार बिहानसम्मलाई सरेको हो।
संयन्त्रको बैठक शुक्रबार बिहान ९ बजे बस्ने जनाइएको छ। एमाले अध्यक्ष ओलीसँगको छलफलपछि सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले संयन्त्रको बैठक शुक्रबार बिहान ९ बजे बस्ने बताए।
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच बुधबार पनि छलफल भएको थियो। बुधबारको छलफलपछि बिहीबार संयन्त्रको बैठक बस्ने भनिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।