काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुदूरपश्चिम प्रदेश सरकारको बारेमा एकैछिनमा थाहा हुने बताएका छन्।
सिंहदरबारमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटपछि उनलाई पत्रकारहरुले सुदूरपश्चिम प्रदेश सरकारबारे सोधेका थिए। उनले संक्षिप्त उत्तर फर्काए- एकैछिनपछि तपाईंहरुले थाहा पाउनुहुन्छ।
सो प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले बिहीबार प्रदेश सभाबाट विश्वासको मत लिँदैछन्। प्रदेश सभा बैठक जारी छ। अहिले रावलले सम्बोधन गरिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।