काठमाडौं– नेकपा एमालेले फागुन ५ गतेदेखि ‘मिसन ग्रासरुट’ अभियान चलाउने भएको छ। पार्टीलाई जगैदेखि मजबुत गराउने उद्देश्यले उक्त अभियान चलाउन लागिएको एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।
नेकपा एमाले सचिवालय बैठकले सबै केन्द्रीय सदस्यहरुलाई पालिकामा खटाउने निर्णय गरेको छ। उनीहरुलाई ११ वटा काम तोकिएको छ। सदस्यता प्रदान गर्ने, प्रशिक्षण दिने, जनप्रतिनिधि र पार्टीको सम्बन्ध सुव्यवस्ति गर्ने तथा पार्टी र समाजमा विशेष योगदान गरेकालाई सम्मान गर्ने, पार्टीका विषयमा रायसुझाव लिनेलगायत जिम्मेवारी तोकिएको बताइएको छ।
ज्ञवालीका अनुसार प्रत्येक नेतालाई सरदर ३ वटा पालिकाको जिम्मेवारी दिइएको छ। ‘मिसन ग्रासरुट’मा खटिने नेताहरुका लागि फागुन ५ गते सातवटै प्रदेशमा अभिमुखीकरण कार्यक्रम हुनेछ। अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंबाट भर्चुअल सम्बोधन गर्नेछन्। उपाध्यक्षहरु सात प्रदेशमा पुगेर सम्बोधन गर्ने उनले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।