काठमाडौं– सुदूरपश्चिम प्रदेश सभाको बिहीबारको बैठकबाट मुख्यमन्त्री राजेन्द्र सिंह रावलले विश्वासको मत लिँदैछन्। विश्वासको मत लिने प्रयोजनका लागि बुधबारको बैठक बिहीबार दिउँसो १ बजेका लागि सारिएको थियो। तर पुनः ४ बजेका लागि सारिएको थियो।
रावलले पुस २७ गते मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए। उनले माओवादी केन्द्र (११), एमाले (१०), नागरिक उन्मुक्ति पार्टी (७) र राप्रपा (१) को समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए। दाबी पेश गर्दा उनलाई २९ सांसदको समर्थन देखिन्थ्यो।
तर समर्थन गरेकोमध्ये नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिन आनाकानी गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।