काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेकै नेतृत्वमा रहेको सुदूरपश्चिम प्रदेश सरकार जोगिने आशा व्यक्त गरेका छन्। बिहीबार सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको छलफलबाट बाहिरिने क्रममा उनले सुदूरपश्चिम सरकारका बारे सोधिएको प्रश्नको उत्तर दिँदै 'जोगिन्छ होला' भनेका हुन्।
सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री राजेन्द्र रावलले बिहीबार नै विश्वासको मत लिने कार्यक्रम छ। उनी मुख्यमन्त्री नियुक्त भएको बिहीबार नै ३० दिन पुग्दैछ। तर, मुख्यमन्त्रीमा दाबी पेस गर्दा समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने निर्णय गरेपछि उनी अप्ठ्यारोमा परेका छन्।
सुदूरपश्चिम प्रदेशमा ५३ सांसद रहेकोमा एमाले र माओवादी केन्द्रसँग कुल २१ सांसद छन्। राप्रपाको एक सांसदले सघाउँदा पनि विश्वासको मत पुग्दैन। कांग्रेस र एकीकृत समाजवादीले विश्वासको मत दिने अवस्था छैन। त्यसैले नागरिक उन्मुक्ति पार्टी निर्णायक भएको छ। सो पार्टीले रेशम चौधरी सहितका नेताहरुको रिहाइलाई सर्तको रुपमा राखेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।