काठमाडौं– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वामपन्थी पार्टीहरूसँगको एकतादाई प्राथमिकता दिनुपर्ने प्रस्ताव अघि सारेका छन्।
माघ १२ देखि २१ सम्म सञ्चालित माओवादी केन्द्रको स्थायी कमिटीको बैठकमा अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको कार्यपत्रमा वामपन्थी पार्टी एकतालाई प्राथमिकता दिनु पर्नेमा जोड दिएका हुन्। साथै, उनले तत्काल एकता सम्भव नभएका वामपन्थी प्रगतिशील शक्तिहरुसँग सहकार्यका लागि मोर्चा निर्माण गर्नुपर्ने पनिद प्रस्ताव गरेका छन्।
अध्यक्ष प्रचण्डले पार्टी एकता र मोर्चा सम्बन्धित विषयका सन्दर्भमा विचार, सिद्धान्त र व्यवहार मिल्नेहरूसँगको एकतालाई प्राथमिकतामा राखी छलफलहरू गर्ने प्रस्ताव अघि सारेका हुन्।
पार्टी एकता गर्दा वामपन्थी र गैरवामपन्थीहरू बीचको भेदलाई आत्मसात गर्दै र सोहीसम्बन्धी नीति र विधिहरू तय गर्नुपर्ने बताए। एकता गर्दा पार्टीमा काम गरिरहेका सक्रिय र इमान्दार नेता–कार्यकर्तालाई ‘डोमिनेसन’ नहुने गरी प्रक्रिया अगाडि बढाउनुपर्नेमा उनले जोड दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।