काठमाडौं– आफू नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक अघि एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’सँग छलफल गर्ने भएका छन्। राजनीतिक संयन्त्रको बैठक अघि पार्टीको केन्द्रीय सचिवालय बैठक डाकेका ओली सचिवालय बैठकबाट प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ताका लागि निस्केका छन्।
ओलीको सचिवालयका अनुसार केहीबेरमा सिंहदबारमा ओली र प्रचण्डका बीचमा छलफल हुँदै छ। त्यसपछि मात्रै सत्ता साझेदार दलहरुको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्नेछ।
संयन्त्रको बैठकमा राष्ट्रपति निर्वाचनको विषयमा छलफल हुने बताइएको छ। यस्तै, सुदूरपश्चिम प्रदेश सरकारको संकटका विषयमा पनि छलफल हुने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।