धनगढी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र रावलले बिहीबार प्रदेश सभाबाट विश्वासको मत लिँदैछन्।
मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको प्रदेश सभाको बैठक बिहीबार दिउँसो १ बजे बस्ने भने पनि नागरिक उन्मुक्ति पार्टीका सांसदको उपस्थिति नभएपछि बैठक आज ४ बजेको लागि पुनः सारिएको हो।
यसअघि बुधबार विश्वासको मत लिनका लागि बोलाइएको बैठकमा उन्मुक्ति पार्टीका सांसद सहभागी नहुने भएपछि बिहीबारलाई सारिएको थियो।
तर बिहीबारको बैठकमा पनि नाउपाका सात सांसद सहभागी हुने नहुने निश्चित छैन। उन्मुक्ति पार्टीका सबै सांसद अहिले काठमाडौंमा छन्। उन्मुक्ति पार्टीले आफ्ना माग पूरा नभएको भन्दै सरकारलाई विश्वासको मत दिन नसकिने पार्टीकी अध्यक्ष रञ्जिता चौधरीले जानकारी दिइन्।
उन्मुक्ति पार्टीले विश्वासको मत नदिए रावल नेतृत्वको सरकार एक महिनामै ढल्ने पक्काजस्तै देखिएको। मुख्यमन्त्री पदमा नियुक्ति लिएकाे ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिइसक्नुपर्ने प्रवधान छ। रावलले मुख्यमन्त्रीले नियुक्ति लिएकाे बिहीबार ३० दिन पूरा हुँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।