काठमाडौं– नेकपा एमालेको सचिवालय बैठक जारी रहेको छ। आज एमालेका अध्यक्ष केपी शर्मा ओली संयोजक रहेको सत्ता साझेदार दलहरुको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्न लागेको छ।
तर त्यसअघि छलफलका लागि एमालेले सचिवालय बैठक बोलाएको थियो। अहिले सचिवालयको बैठक जारी छ। तीन बजे संयन्त्रको बैठक बोलाइए पनि एमालेको सचिवालय बैठक जारी रहेका कारण संयन्त्रको बैठकमा ढिलाई हुने भएको छ।
उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा पनि राष्ट्रपति निर्वाचन र सुदूरपश्चिम प्रदेश सरकारले लिने विश्वासको मतका विषयमा छलफल हुने जनाइएको छ।
यस्तै, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र सिंह रावलले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्ने भनिएको प्रदेश सभा बैठक १ बजे बोलाइएको थियो।
तर संयन्त्रको बैठकले टुंगो लगाउने भएका कारण प्रदेश सभा बैठक स्थगित गरेर ४ बजे बस्ने तय गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।