काठमाडौं– सत्ता साझेदार दलहरुको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज (बिहीबार) दिउँसो ३ बजे बस्ने भएको छ।
बैठक दिउँसो ३ बजे, प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भएको हो। बैठकमा राष्ट्रपति निर्वाचनका विषयमा छलफल हुने जनाएको छ।
यस्तै, सत्ता साझेदार दलहरुका बीचमा उब्जिएको आशंकाका विषयमा पनि बैठकमा छलफल हुने नेताहरुले जनाएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएपछि पहिलोपटक उच्चस्तरीय संयन्त्रको बैठक बस्न लागेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।