काठमाडौं– नेकपा माओवादी केन्द्रले पूर्वसभामुख अग्निप्रसाद सापकोटालाई उपाध्यक्ष बनाएको छ। उनीसँगै उपमहासचिव पम्फा भुसाल पनि उपाध्यक्ष मनोनीत भएकी छन्।
बुधबार जारी सर्कुलरमा हालैको स्थायी समिति बैठकले सापकोटा र भुसाललाई उपाध्यक्षमा मनोनीत गर्ने निर्णय गरेको जनाइएको छ। यससँगै माओवादीमा उपाध्यक्षको संख्या तीन पुगेको छ। यसअघि उपाध्यक्ष कृष्णबहादुर महरा मात्र थिए। नारायणकाजी श्रेष्ठ वरिष्ठ उपाध्यक्ष कामयै छन्।
सापकोटा २०७६ माघ १२ गते तत्कालीन नेकपाबाट सभामुखमा निर्वाचित भएका थिए। त्यसको भोलिपल्ट पद तथा गोपनीयताको शपथ लिएपछि सापकोटाले पार्टीको जिम्मेवारीबाट राजीनामा दिएका थिए।
तत्कालीन नेकपा विभाजित भएर एमाले र माओवादी केन्द्र एकताअघिकै स्थितिमा ब्युँतिएका थिए। मंसिर ४ को निर्वाचनमा उम्मेदवार नबनेका उनको आगामी राजनीतिक यात्राको विषयमा अन्योल रहँदै आएको थियो। उनलाई राष्ट्रपतिको रुपमा समेत चर्चा गरिएको थियो।
यसअघि माओवादीको उपमहासचिवमा पम्फासँगै गिरिराजमणि पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल, जनार्दन शर्मा, शक्ति बस्नेत र मातृका यादव रहेका थिए। पम्फा उपाध्यक्षमा बढुवा भएपछि उमहासचिवको संख्या ६ मा झरेको छ। अब माओवादीमा पदाधिकारीको संख्या २२ पुगेको छ।
यस्तो छ माओवादीको पदाधिकारीको सूची :

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।