काठमाडौं– सत्ता सञ्चालनका लागि गठित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दैछ। बैठक आज, बिहीबार बस्ने तय भएपनि समय भने यकिन भएको छैन।
बुधबार प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबीच भएको भेटवार्तामा संयन्त्रको बैठक बोलाउने सहमति भएको हो।
सोही अनुसार बिहीबार बैठक बस्नेछ। ‘उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्र्छौँ र राष्ट्रपतिको आगामी निर्वाचनका विषयमा छलफल गर्छौँ। सहमतिबाटै अगाडि बढ्ने प्रयास हुन्छ। सहज रूपमा कसरी अगाडि बढ्ने भन्नेबारेमा छलफल गर्छौं’, प्रधानमन्त्री प्रचण्डले बालकोटबाट बाहिरिने क्रममा भनेका थिए।
बुधबारको भेटवार्तामा अध्यक्ष ओलीले पूर्वसहमति अनुसार नै एमालेले राष्ट्रपति पद पाउनुपर्ने अडान राखेका थिए। ओलीले प्रधानमन्त्री दाहाललाई एमालेले पार्टीभित्र छलफल गरेर राष्ट्रपति उम्मेदवारको नाम तय गर्ने बताएको सचिवालयले जनाएको छ।
माओवादीले भने राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने निर्णय गरिसकेको छ। पुस १० र अहिलेको परिस्थिति फरक भएको भन्दै माओवादीले राष्ट्रिय सहमतिमा जोड दिइरहेको छ। राष्ट्रपति पदको निर्वाचन फागुन २५ गते हुँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।