काठमाडौं– बुधबार सिंहदरबारमा प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको बैठक बस्यो।
संसद् बैठकमा अनुपस्थितिको सूचनासम्बन्धी व्यवस्थामा धारणा राख्ने अधिकांश सांसदले बैठकमा सांसदहरुको उपस्थितिलाई प्रभावकारी बनाउन दैनिक हाजिरी प्रकाशित गर्ने सम्मको व्यवस्था नियमावलिमा नै राख्नुपर्नेमा जोड दिएका थिए। यसरी जोड दिनेमा स्वतन्त्र सांसद अमरेशकुमार सिंह पनि थिए।
समिति सदस्य सिंहले संसदलाई व्यवस्थित बनाउनका लागि सांसदहरुको प्रत्येक दिनको हाजिरी स्क्रिनमा देखिने गरी व्यवस्था गर्नुपर्ने बताए।
यसो भन्दै गर्दा सांसद नागिना यादव उनको पछाडि थिइन्। उनले सांसदको मर्यादा भुलिरहेको देख्न सकिन्थ्यो। उनी अस्वाभाविक रुपमा खित्का छोडेरै हासिरहेकी थिइन्। उनी बेला–बेला हात उठाएर अगाडि रहेका मानिससँग जिस्किरहेकी थिइन्। यसको अहिले सामाजिक सञ्जालमा आलोचना भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।