काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठबीच भेटवार्ता भइरहेको छ।
दुई नेताबीच ओली निवास बालकोटमा करिब चार घण्टादेखि वार्ता चलिरहेको हो।
बिहीबार सुदूरपश्चिम प्रदेश सरकारले विश्वासको मत लिने अन्तिम दिन हो। यसर्थ, एमालेबाट निर्वाचित मुख्यमन्त्री राजेन्द्र रावलले विश्वासको मत लिदैँछन्।
रेशम चौधरीलाई रिहा नगरेसम्म विश्वासको मत उन्मुक्ति पार्टीले विश्वासको मत नदिने भएको छ। यो उसको बटमलाइन नै हो।
यसर्थ, उसलाई मनाउन ओली लागेको बालकोटनिकट स्रोतले जनाएको छ।
सुदूरपश्चिमा ७ जित जितेको उन्मुक्ति पार्टी निर्णायक शक्ति हो। सो प्रदेशमा कांग्रेसका १९, माओवादी केन्द्र ११, एमालेका १०, एकीकृत समाजवादीका ४ तथा राप्रपा र स्वतन्त्रका १–१ सांसद छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।