काठमाडौं– संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक स्थगित भएको छ।
कांग्रेस संसदीय दलको निजी सचिवालयले बुधबार एक विज्ञप्ति जारी गरी माघ २६ गते बिहीबार दिउँसो १ बजे बस्ने भनिएको संसदीय दलको बैठक स्थगित भएको बताएको हो।
कांग्रेस संसदीय दलका नेताका निजी सचिव केशवराज जोशीले अर्को सूचना जारी नभएसम्मका लागि भोलि बस्ने भनिएको बैठक स्थगित गरिएको जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।