काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने ‘प्रजातन्त्र सम्मेलन’मा सहभागी हुने निम्ता दिइएको छ।
नेपालका प्रधानमन्त्री प्रचण्डलाई उक्त सम्मेलनमा सहभागी हुन आमन्त्रण गरिएको अमेरिकी सहयोग नियोग यूएसएआईडीकी प्रमुख समान्था पावरले जानकारी दिइन्। आगामी महिना हुने सम्मेलन भौतिक उपस्थितमा हुने वा भर्चुअल हुने निश्चित नभएको उनले पत्रकार सम्मेलनमा जानकारी दिइन्।
दुईदिने नेपाल भ्रमणको अन्तिम दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो जानकारी दिएकी हुन्। प्रमुख पावरले सम्मेलनको अधिकांश कार्यक्रम भर्चुअल्ली हुने पनि जानकारी दिइन्। यसपटक नेपालका प्रधानमन्त्रीले यसअघिको सम्मेलनमा व्यक्त गरेका प्रतिबद्धता कार्यान्वयनसहितका सम्बोधन गर्ने अवसर हुने उनको टिप्पणी थियो।
वासिंगटनमा आयोजना हुने सो सम्मेलनमा नेपालका प्रधानमन्त्रीलाई निम्तो भएको वा नभएको विषयमा जिज्ञासा राखेपछि पावरले नेपालका लागि अमेरिकी राजदूत डिन थम्प्सनसँग बुझेर जवाफ दिएकी थिइन्। पहिलो सम्मेलनमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको सहभागिता रहेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।