काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीका पूर्वअध्यक्ष डा प्रकाशचन्द्र लोहनीको अध्यक्षतामा केन्द्रीय निर्देशन समिति गठन गरेको छ।
पार्टीको विधानबमोजिम र केन्द्रीय कार्यसम्पादन समितिको निर्णयअनुसार पार्टीका पूर्वअध्यक्ष लोहनीको अध्यक्षतामा बुधबार केन्द्रीय निर्देशन समिति गठन गरिएको प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए।
यस्तो हुनेछ समिति :
१. विधान बमोजिमका सबै पदेन सदस्य।
२. पार्टीका सबै वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष र महामन्त्रीहरु।
३. पार्टीका वरिष्ठ नेता दीपक बोहरा, सल्लाहकार समितिका अध्यक्ष निरञ्जन थापा।
४. अन्य सदस्यमा केन्द्रीय नेताहरू रामकुमार सुब्बा, जयन्त चन्द र उद्धब पौडेल।
५. आमन्त्रित सदस्यहरु : कोषाध्यक्ष नीलकण्ठ काफ्ले र ऋषिबाबु परियार।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।