काठमाडौं– सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐन उल्लंघन गरेको भन्दै नेपाल राष्ट्र बैंकले चार वटा बैंकलाई जरिवाना तिराएको छ।
राष्ट्र बैंकले जारी गरेको सूचना अनुसार प्रभु बैंक, कुमारी बैंक, तत्कालीन बैंक अफ काठमाण्डू र प्राइम कमर्सियल बैंकलाई प्रतिबैंक ५० लाख रूपैयाँ जरिवाना गर्ने निर्णय गरेको छ।
राष्ट्र बैंकको अनुगमनमा उनीहरूले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐन र निर्देशनको उल्लंघन गरेको पाइएपछि जरिवाना गरिएको हो।
यस्तै, राष्ट्र बैंकले विभिन्न ६ बैंकलाई ‘अन्य कारबाही’ गरेको छ। यसरी कारबाही पर्नेमा माछापुच्छ्रे, सानिमा, तत्कालीन इन्भेष्टमेन्ट, सिभिल, नबिल र प्रभु बैंक रहेका छन्।
प्रभु र माछापुच्छ्रे बैंक राष्ट्र बैंकको दोहोरो कारबाहीमा परेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।