काठमाडौं– लुम्बिनी प्रदेशतर्फ रिक्त रहेको राष्ट्रिय सभा सदस्यमा नेकपा एमालेका कुमार दसौदी निर्वाचित भएका छन्।
बुधबार भएको उपनिर्वाचनबाट दसौदी निर्वाचित भएका हुन्। दसौदीले ४ हजार २६ मत प्राप्त गर्दै विजयी भएको मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले जानकारी दिए।
त्यस्तै, नेपाली कांग्रेसका माधव आचार्यले ३ हजार ७ सय २० मत प्राप्त गरे। नागरिक उन्मुक्ति पार्टीका राजेन्द्रविर रायले १९२ मत प्राप्त गरे। प्रदेश सभातर्फ तीन मत बदर भएको छ।
नेकपा एमालेबाट निर्वाचित खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त स्थानमा बुधबार उपनिर्वाचन भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।