काठमाडौं- नेकपा (एकीकृत समाजवादी)की सचिव रामकुमारी झाँक्रीले संसद्को 'जात्रा' सुनिरहेको बताएकी छिन्।
राजतन्त्र फर्काउने र संघीयता खारेज गर्ने भनेर सम्बोधन गर्नेहरुप्रति संकेत गर्दै उनले आत्तिनुपर्ने र डराउनुपर्ने केही नभएको बताइन्।
बुधबार आयोजित एक विचार गोष्ठीमा सम्बोधन गर्दै उनले आन्दोलनको जगबाट सबै खालको विचारमा प्रतिस्पर्धा गर्ने खालको वातावरण पाइएको बताइन्। 'आज त्यही व्यवस्थाका विरुद्ध विषवमन, त्यही संविधानका विरुद्ध विषवमन, हजारौँको बलिदानीबाट आएको व्यवस्थामाथि अर्कै कुरा। यो त पुनरुत्थानवाद हो', उनको भनाइ थियो।
झाँक्रीले राजनीतिक दलहरुले सही ढंगले काम नगरेको र दलभित्र सही ढंगले प्रणाली स्थापित नभएकाले गल्ती भएको बताइन्। 'एक प्रकारको विक्षिप्त भएको, निराशा भएको, जनमत जहिले पनि स्विङ हुन्छ', उनले भनिन्।
उनले पार्टीहरुले आफ्ना थितिहरुलाई सही ढंगले राख्नुपर्ने बताइन्। उनले आफूहरुले के परिवर्तन दियौँ भनेर प्रश्न उठेको बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।