काठमाडौं– साप्ताहिक कारोबारको चौथो दिन आज (बुधबार) नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्य सामान्य बढेको छ। बुधबार सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
तोलामा २०० रुपैयाँले बढेपछि बुधबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४ हजार ८०० रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४ हजार ३०० रुपैयाँ कायम भएको छ।
यसअघि मंगलबार भने सुनको मूल्यमा कुनै फेरबदल आएको थिएन्। मंगलबार पनि सोमबारको जस्तै छापावाल सुन प्रतितोला १ लाख ४ हजार ६०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ४ हजार १०० रुपैयाँमा किनबेच भएको थियो।
बुधबार चाँदीको मूल्य भने सामान्य घटेको छ। बुधबार चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३१५ रुपैयाँ भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। मंगलबार भने चाँदी प्रतिततोला १ हजार ३२० रुपैयाँमा किनबेच भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।