काठमाडौं– प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन्।
ओली निवास बालकोटमा अहिले दुई नेताबीच छलफल चलिरहेको छ। वर्तमान राजनीतिक घटनाक्रम, राष्ट्रपति निर्वाचन र मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा छलफल भइरहेको बताइएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएसँगै ओली र प्रचण्डबीच दैनिकजसो भेट भइरहेको छ। मंगलबार पनि प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताबीच छलफल भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।