काठमाडौं– अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआईडी) प्रमुख सामन्था पावर बुधबार स्वदेश फर्किँदैछिन्।
दुई दिने नेपाल भ्रमणमा रहेकी उनी आज उच्चस्तरीय भेटघाट सकेर स्वदेश फर्किन लागेकी हुन्। अमेरिकी विदेश मन्त्रालयको राजनीतिक मामिला हेर्ने उपमन्त्री भिक्टोरीया नुल्याण्डले नेपाल भ्रमण गरेर फर्किएको हप्ता दिन नपुग्दै सामन्था नेपाल भ्रमणमा आएकी थिइन्।
अमेरिकाको राष्ट्रिय सुरक्षा परिषद्को सदस्यसमेत रहेकी उनी अमेरिकाको क्याबिनेट स्तरकी उच्च अधिकारी हुन्। उनले परराष्ट्रमन्त्री डा विमला राई पौडेललाई भेटेर अमेरिकी सहयोग परियोजना (एमसीसी)को कार्यान्वयनमा जोड दिएकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।