• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक ८, २०८३ Sun, Oct 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर

कार्यालय बन्द भएपछि सहकारीमा जम्मा गरेको रकम डुब्ने त्रासमा बचतकर्ता 

सुनिता विक  बुधबार, माघ २५, २०७९  ०८:००
1140x725

धनगढी– पाँच वर्षदेखि धनगढीको शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थामा बचत गर्दै आएकी वडा नम्बर ८ की केशरी राना यतिबेला आफ्नो बचत डुब्ने हो कि भन्ने त्रासमा छिन्। उनले पाँच वर्षको अवधिमा उक्त सहकारीमा करिब पाँच लाख रुपैयाँ बचत गरेकी छन्। 

तर यतिबेला सहकारी नै बन्द भएको खबर पाएपछि आफ्नो बचत रकम सहकारीबाट कसरी उठाउने भन्ने चिन्ताले उनलाई पिरोलेको छ। बचत गरेको सोही रकमले भविष्यमा केही गरौंला भन्ने सोचेकी केशरीलाई अब त्यो रकम कसरी असुल गर्ने भन्ने चिन्ता छ। 

मंगलबार बिहान सहकारी अगाडि भेटिएकी उनले भनिन्, ‘खाता खोलेको पाँच वर्ष भयो। पाँच लाख जति बचत गरेकी छु। सबैले अब सहकारी नै बन्द भयो भन्छन्। मेरो बचतको रकम पाइन्छ कि भनेर यहाँ आएकी हुँ।’

लाखौं रकम उठाएको शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था नै बन्द भएपछि यतिबेला सहकारीमा दैनिक बचतकर्ताको भीड लाग्ने गरेको छ। केशरी पनि अरु बचतकर्ता जस्तै आफ्नो रकम डुब्ने चिन्तामा छिन्। 

एकछाक खानासमेत कटाएर बचत गरेको रकम अहिले डुब्ने हो कि भन्ने चिन्ताले सताउने गरेको उनको भनाइ छ। करिब चार/पाँच दिनदेखि उक्त सहकारीमा बचतकर्ताको भीड लाग्ने गरेको छ। ‘बचत गराउने बेला भोलिको सुरक्षाका लागि हो भन्दै मनाए सहकारीका मानिसहरुले। अहिले त्यही बचत पनि असुरक्षित देखियो,’ उनले गुनासो गरिन्। 

Ncell 2
Ncell 2
nimb
nimb

यस्तै धनगढी उपमहानगरपालिका–५ का जाँइका पारस खड्काले पनि विगत चार वर्षदेखि सहकारीमा पैसा जम्मा गर्दै आएका छन्।  ‘विश्वास र भरोसामा हामीले आफ्नो पैसा जम्मा गर्‍यौं, लगभग साढे तीन लाख जम्मा गरेको छु। हामीले त का भाग्लान् र भन्ने लागेको थियो तर कार्यालय नै बन्द भएपछि हामी पनि अब पैसा कसरी उठाउने, सहकारीले केही विश्वासको आधार त दिनुपर्‍यो नि?’, उनले भने। 

सहकारी सञ्चालक समितिले कार्यालय नै बन्द गरेर सम्पर्कमा नआएको उनको गुनासो छ। कम्तीमा पनि सहकारीका तर्फबाट बचतकर्तालाई रकम फिर्ता गर्ने लिखित जवाफ आउनुपर्ने उनको भनाइ छ। 

धनगढी उपमहानगरपालिका–३ चटकपुरका तीर्थ प्रसाद श्रेष्ठ पैसा लिन आउँदा सहकारी बन्द देखेपछि निराश छन्। एक वर्षदेखि उक्त सहकारीमा रकम जम्मा गर्दै आएका उनी सहकारी नै बन्द भएपछि अब बचतको रकम के हुने हो भन्ने अन्योलमा छन् उनी। ‘मुद्दती खातामै मात्र मेरो ११ लाख छ। अब सहकारी नै बन्द भइसक्यो। कसरी पैसा उठाउने हो?’ उनले भने। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

सहकारीले बचत फिर्ता गर्ने भनेका कारण आफूहरु दुई दिनदेखि धाएको धनगढीकै सुरेश भट्टले बताए। ’हिजोदेखि हामी लाइनमा छौं। एक करोड रुपैयाँ आउँदैछ। रकम वितरण गर्छौं भन्ने सुनेका कारण हामी आएका हौं। तर यहाँ बन्द छ।’

आइतबादेखि बन्द भएको सहकारीले मंगलबार एक विज्ञप्ति निकाल्दै आर्थिक मन्दीका कारण बचतकर्तालाई एकैपटक चल्ती खाता, मुद्दती रकम र सेयर रकम झिक्न आउँदा पुँजी व्यवस्थापन हुन नसकेको र बजार लगानी भएको कर्जा असुली नभएका कारण कार्यालय केही दिनका लागि बन्द गरेको जानकारी दिएको छ। 

पुँजी व्यवस्थापन नभएसम्मका लागि कार्यालय बन्द राख्ने सहकारीका प्रमुख हेमराज जोशीले सूचनामा उल्लेख गरेका छन्।

प्रकाशित मिति: बुधबार, माघ २५, २०७९  ०८:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
कहाँ छन् रवि लामिछाने?
साइबर जोखिमले बन्द सरकारी वेबसाइट कहिले खुल्छन् ?
जलवायु अनुकूलन कोषमा नेपालका तीन परियोजना स्वीकृत
सम्बन्धित सामग्री
बैंकमा पैसा थुप्रियो, लगानी र रोजगारी बढ्न सकेन : अञ्जन श्रेष्ठ नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले बैंकमा पर्याप्त तरलता, रेमिट्यान्स र ऊर्जा उपलब्ध भएपनि त्यसलाई उत्पादनशील लगा... बिहीबार, असोज २९, २०८३
रोकिएन बजारको ओरालो यात्रा, साताको अन्तिम दिन पनि दोहोरो अंकले घट्यो नेप्से शुक्रबार ११.९० अंक घटेको बजार २५८७.२५ विन्दुमा रोकिएको नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले जनाएको छ । शुक्रबार, असोज १६, २०८३
ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित सभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई चुक्ता पुँजीको कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित... शुक्रबार, असोज १६, २०८३
ताजा समाचारसबै
कहाँ छन् रवि लामिछाने? आइतबार, कात्तिक ८, २०८३
साइबर जोखिमले बन्द सरकारी वेबसाइट कहिले खुल्छन् ? आइतबार, कात्तिक ८, २०८३
जलवायु अनुकूलन कोषमा नेपालका तीन परियोजना स्वीकृत आइतबार, कात्तिक ८, २०८३
एनपीएलमा नियोफिन तीन वर्षका लागि प्लेटिनम क्याप प्रायोजक आइतबार, कात्तिक ८, २०८३
क्रिकेट हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन आइतबार, कात्तिक ८, २०८३
कात्तिकमा १८ दिन बिदा, १२ दिनमात्र खुल्नेछन् सरकारी कार्यालय शनिबार, कात्तिक ७, २०८३
भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट सप्तकोशी नदीमा दुर्घटनाग्रस्त, तीनको मृत्यु आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्