• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १७, २०८३ Wed, Sep 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

लोकसेवासहित रोकिएका सबै विज्ञापन खुला गर्न सर्वोच्चको आदेश

थारूसहित अन्य वर्गका लागि आरक्षण क्षतिपूर्ति हुनेगरी सिट निर्धारण गर्न परमादेश 
64x64
नेपाल लाइभ मंगलबार, माघ २४, २०७९  १८:००
1140x725

काठमाडौं– सर्वोच्च अदालतले लोकसेवा आयोगसहित विभिन्न निकायको विज्ञापन तत्काल खोल्न आदेश गरेको छ।

न्यायाधीशद्वय विश्वभरप्रसाद श्रेष्ठ र आनन्दमोहन भट्टराईको इजलासले थारूहरुका लागि वा अन्य कुनै एक वर्गका लागि मात्र सम्पूर्ण विज्ञापन रोक्न नमिल्ने भन्दै रिट खारेज हुने फैसला सुनाएको छ।

त्यस्तै पछाडि परेका थारू लगायतका वर्गहरुका लागि आरक्षण दिनुपर्ने भएकाले आगामी आर्थिक वर्षमा त्यसको क्षतिपूर्ति हुनेगरी सिट निर्धारण गर्न पनि परमादेश जारी गरेको छ।

‘यस्तो व्यवस्था गर्दा रोजगारीको आरक्षणको लागि समाहित हुने कुन वर्ग र समुहको लागि कति प्रतिशत आरक्षण गर्ने, पछौटेपनको मापन र सहभागिताको आधार के हुने भन्ने कुरा कार्यपालिका तथा व्यवस्थापिकाले संविधानका व्यवस्थाहरुको रोहमा तय गर्नुपर्ने हुँदा केवल जनसांखिक आधारमा अहिले नै थारू वा यो समूहको लागि यो यति प्रतिशतले पदहरु आरक्षण गर भन्न मिल्ने देखिँदैन  फैसलामा भनिएको छ, ‘साथै सरकार सञ्चालनको आवश्यकता र विज्ञापन रोकिँदा त्यसमा पर्ने असर समेतलाई मध्यनजर गर्दा हाल गरिएका विज्ञापनहरु रोक्नु न्यायपुर्ण हुने पनि देखिएन।’ 

सर्वोच्चले यो फैसला गर्दा लामो समयदेखि रोकिएका सबै विज्ञापनमा पदपूर्तिको बाटो खोलेको हो। 

‘रिट निवेदनहरु लोकसेवा आयोग, प्रदेश लोकसेवा आयोग, शिक्षक सेवा आयोग, विभिन्न बैङ्कहरु, कानून बमोजिम स्थापित प्राधिकरण, कोष, बोर्ड, कम्पनी, विश्वविद्यालय, प्रतिष्ठान, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल समेतद्वारा विभिन्न श्रेणीको पदमा नियुक्तिको लागि गरिएको विज्ञापनसँग सबन्धित देखियो’ सर्वोच्चको फैसलामा भनिएको छ, ‘नेपालको संविधानको धारा १८ को उपधारा (३) को प्रतिबन्धात्मक वाक्यांश, धारा ४२(१) ले ‘थारु’ लाई एउटा अलग बर्गको रुपमा स्वीकार गरेको अवस्थामा लोकसेवा आयोग लगायतका विभिन्न विपक्षीहरुद्वारा विभिन्न मितिमा विज्ञापित पदहरुमा नियुक्तिको लागि दरखास्त आह्वान गर्दा थारू समुदायको लागि आरक्षणको व्यवस्था नगरिएको, सो नगरेबाट नेपालको संविधानको प्रस्तावना, धारा १६, धारा १८, धारा ४२ समेत द्वारा प्रत्याभूत राज्यका संरचनाहरुमा समानुपातिक समावेशिताको आधारमा सकेको भन्ने उल्लेख भएको पाइया ।’ 

सेवासम्बन्धी ऐन, नियम, विनियममा व्यवस्था नगरी आरक्षणसम्बन्धी व्यवस्थाको कार्यान्वयन गर्न नसकिने देखिएको सर्वोच्चको फैसलामा उल्लेख छ। 

साथसाथै, सरकार सञ्चालनको आवश्यकताको नाममा सधै यस्तै तर्कहरु आइरहने र संविधानद्वारा प्रत्याभूत हकहरुको कार्यान्वयन नहुने अवस्थाको अन्त्य गरी समावेशी लोकतन्त्रको आधारमा सामाजिक तथा आर्थिक रुपान्तरणलाई प्रवर्दन तथा दिगो शान्ति, विकास र समृद्धिको संवैधानिक अभिष्टलाई कार्यान्वयन गर्नुपर्ने राज्यको दायित्व भएको फैसलामा भनिएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

कानुन निर्माणको अभावमा प्रत्याभूत अधिकारको प्रचलन हुन नसकेबाट आरक्षणको लागि योग्य वर्गमा हुन गएको क्षतिको पूर्ति पनि हुनुपर्ने देखिएको फैसलामा भनिएको छ। 

‘तसर्थ माथि उल्लिखित अवधिभित्र आवश्यक कानुनी प्रबन्ध मिलाइएपछि सो कानुनी व्यवस्थाले थारूलगायत हालसम्म नसमेटिएका अन्य नयाँ आरक्षित वर्गको लागि जे जस्तो अनुपातमा आरक्षणको व्यवस्था गर्छ सो व्यवस्था लागु हुुनपर्ने देखिन्छ,’ फैसलामा भनिएको छ, ‘त्यसपछि कायम हुन आउने कुल पदहरुमध्ये समावेशी समूहमा पर्ने पदको अनुपातको हिसाबबाट यो आर्थिक वर्ष (अर्थात आर्थिक वर्ष २०७९।८० मा) आरक्षण नगरिएबाट वास्तविकरुपमा गुम्न गएका पदह समेत समेटी हुन गएको क्षतिको समेत पूर्ति हुने प्रबन्ध मिलाउनू। ’ 

सर्वोच्चले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सम्बन्धित मन्त्रालय एवं लोकसेवा आयोग, प्रदेश लोकसेवा आयोग, शिक्षा सेवा आयोग, विभिन्न बैङ्कहरु, कानुन बमोजिम स्थापित प्राधिकरण, कोष, बोर्ड, कम्पनी, विश्वविद्यालय, प्रतिष्ठान, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल समेतका नाममा परमादेशको आदेश जारी हुने ठहर गरेको छ। सर्वोच्चले आदेशको पूर्णपाठ तयार हुन समय लाग्नेहुँदा संक्षिप्त आदेश जारी गर्दै विज्ञापनको बाटो खोलेको हो। 

‘संविधानद्वारा प्रत्याभूत समानता, समान संरक्षण र सकारात्मक विभेदको अवधारणाबारे सन्तुलित दृष्टिकोण अपनाउदै निजामति सेवा ऐन र अन्य ऐन, नियम, विनियमहरुले गरेको आरक्षणको यो योजना विगत १५ वर्ष स्थिर रुपमा कार्यान्वयनमा रहेको छ र त्यसमा निवेदकहरुले आपत्ति जनाएको पनि देखिँदैन,’ फैसलामा भनिएको छ, ‘तर यो व्यवस्था नेपालको अन्तरिम संविधानभन्दा अघि बढेर वर्तमान संविधानद्वारा पहिचान गरिएका सबै समूहहरु ( क्लष्टर)लाई समेट्न नसकेको अवस्था हुँदा संविधानले आफूहरुलाई स्वतन्त्र समूहको रुपमा पहिचान गरेपछि आरक्षणको सो योजना अन्तर्गत आफ्नो समुदायलाई अलग्गै आरक्षणको व्यवस्था गरिनुपर्छ भन्ने नै प्रस्तुत रिट निवेदनहरुमा निवेदकको मुख्य माग रहेको छ।’ 

प्रस्तुत रिट निवेदनमा थारु समुदायको सन्दर्भहुँदा सो दृष्टिबाट हेर्दा थारू समुदायलाई अलग्गै समुदायको रुपमा पहिचान गरिएपछि यो समुहले मधेसी वा आदिवासी जनजाती समूहबाट निवेदन दिन पाउँछ भन्ने विपक्षीहरुद्वारा लिइएको तर्क संविधानको व्यवस्थाको रोहमा मिल्ने नदेखिएको फैसलामा उल्लेख छ।

‘थारू समुदायको कुरा उठे पनि वर्तमान संविधानले पहिचान गरेका सबै वर्ग र समूहको हकमा यो कुरा उठ्ने कुरा स्वभाविक हुँदा सबै समूहको हकमा एकैपटक सम्बोधन गरिनु बाञ्छनीय हुने देखिन्छ। सार्वजनिक सरोकारको निवेदनमा निर्णय गर्ने सन्दर्भमा अदालतले यस विषयमा उपयुक्त आदेश दिन सक्ने नै हुन्छ,’ फैसलामा भनिएको छ, ‘आरक्षणको व्यवस्था समानता, समान संरक्षण विभेदहीनता र सहभागिता र समान फाइदा समेतका सिद्धान्तहरुबाट अनुप्राणित रहनुपर्छ। त्यसका निम्ति जनसांख्यिक अवस्थाको साथ साथै सामाजिक, सांस्कृतिक, आर्थिक पछौटेपनबाट यो व्यवस्था सुसूचित रहनुपर्ने हुँदा आरक्षणको लागि छुट्टयाएको ४५ प्रतिशतलाई आधार मान्दै त्यसलाई १०० प्रतिशत बनाइ सो व्यवस्थामा वर्तमान संविधानले पहिचान गरेका सामाजिक, सांस्कृतिक र आर्थिक रुपले पिछडिएको कुन वर्ग र समूहका लागि के कति प्रतिशतको दरले दिने हो व्यवस्था गर्नू।’

No description available.


No description available.

No description available.No description available.

प्रकाशित मिति: मंगलबार, माघ २४, २०७९  १८:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
गाजामा वर्षाको मौसम नजिकिँदै जाँदा थप रोगको जोखिम बढ्ने डब्ल्यूएचओको चेतावनी
मंसिर २१ देखि २३ गतेसम्म महाधिवेशन गर्ने तयारीमा देउवा समूह
सभामुखको विशेष प्रस्ताव पारित, उद्धार र पुनर्स्थापनामा सबै संयन्त्र परिचालन गर्न निर्देशन
सम्बन्धित सामग्री
मंसिर २१ देखि २३ गतेसम्म महाधिवेशन गर्ने तयारीमा देउवा समूह बुधबार चुनदेवीस्थित सम्पर्क कार्यालयमा बसेको ‘१५औँ केन्द्रीय महाधिवेशन तयारी समिति’को दोस्रो बैठकमा महाधिवेशनको मिति र विभिन्न तहका... बुधबार, भदौ १७, २०८३
सभामुखको विशेष प्रस्ताव पारित, उद्धार र पुनर्स्थापनामा सबै संयन्त्र परिचालन गर्न निर्देशन सभामुखले राखेको प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको हो। बुधबार, भदौ १७, २०८३
प्रधानमन्त्रीलाई प्रचण्डको चेतावनी– संकट समाधानमा गम्भिर नभए अवसरले प्रधानमन्त्रीलाई नपर्खिन सक्छ! बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्रीले सबैको विश्वास जितेर अघि बढ्नुपर्ने बताए । संकटको समयमा जनताले आश्वासन र साम... बुधबार, भदौ १७, २०८३
ताजा समाचारसबै
गाजामा वर्षाको मौसम नजिकिँदै जाँदा थप रोगको जोखिम बढ्ने डब्ल्यूएचओको चेतावनी बुधबार, भदौ १७, २०८३
मंसिर २१ देखि २३ गतेसम्म महाधिवेशन गर्ने तयारीमा देउवा समूह बुधबार, भदौ १७, २०८३
सभामुखको विशेष प्रस्ताव पारित, उद्धार र पुनर्स्थापनामा सबै संयन्त्र परिचालन गर्न निर्देशन बुधबार, भदौ १७, २०८३
उपत्यकामा व्यावसायिक प्रयोजनका लागि ग्यास बिक्रीमा रोक बुधबार, भदौ १७, २०८३
प्रधानमन्त्रीलाई प्रचण्डको चेतावनी– संकट समाधानमा गम्भिर नभए अवसरले प्रधानमन्त्रीलाई नपर्खिन सक्छ! बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
आजदेखि हेटौंडादेखि काठमाडौं चल्ने सवारीसाधनको छुट्टाछुट्टै रुट मंगलबार, भदौ १६, २०८३
रसुवा, धादिङ र ललितपुरका सडकखण्ड पूर्ण अवरुद्ध मंगलबार, भदौ १६, २०८३
जब ७८ वर्षीय धनपति सहायता दिन सिंहदबार पुगे! मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्