काठमाडौं- सरकारले केही सचिवको सरुवा गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री कार्यालयका सचिव कृष्णहरि पुष्करलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरिएको छ।
उक्त मन्त्रालयका सचिवव अर्जुनप्रसाद पोखरेललाई प्रधानमन्त्री कार्यालय सरुवा गरिएको
छ।यसैगरी, प्रधानमन्त्री कार्यालयका कानुनतर्फका सचिव धनराज ज्ञवाली कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा सरुवा भएका छन्।
उक्त मन्त्रालयका कानुन सचिव उदयराज सापकोटा प्रधानमन्त्री कार्यालय पुगेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।