मन्त्रिपरिषद् बैठक (फाइल तस्बिर)
काठमाडौं– सरकारले दैलेखमा पेट्रोलियम अन्वेषणका लागि जग्गा प्राप्तिका लागि स्वीकृति दिने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले दैलेखको भैरबी गाउँपालिका–१, जलजलेमा रहेको ४५ रोपनी जग्गा प्राप्तीका लागि स्वीकृति दिने निर्णय गरेको हो।
सन् २०१९ देखि नै चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा दैलेखमा पेट्रोलियम पदार्थको विस्तृत अन्वेषण कार्य अगाडि बढाइएको थियो।
कोरोना भाइरसको महामारीपछि बीचमा काम रोकिए पनि गत वर्ष चिनियाँ प्राविधिकहरुको टोलीले नै जलजलेमा ठाउँ यकीन गरेको थियो।
मन्त्रिपरिषद्को बैठकले नागमती बाँध आयोजनाको कार्यान्वयन अगाडि बढाउन काठमाडौंको गोकर्णेश्वर नगरपालिका–१ मा रहेको करिब १४ रोपनी जग्गा प्राप्ती गर्न स्वीकृति दिने निर्णय पनि गरेको छ।
मन्त्रिपरिषद्को बैठकले सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्मा पेस गर्न स्वीकृति दिने निर्णय पनि गरेको छ।
यस्ता छन् मन्त्रिपरिषद्को बैठकका निर्णयहरु:


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।