काठमाडौं– साप्ताहिक कारोबारको तेस्रो दिन आज (मंगलबार) नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्यमा कुनै फेरबदल आएको छैन। मंगलबार पनि सोमबारको जस्तै दररेटमा सुन तथा चाँदीको कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
सोमबार जस्तै मंगलबार पनि छापावाल सुन प्रतितोलाको मूल्य १ लाख ४ हजार ६०० रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४ हजार १०० रुपैयाँ कायम भएको छ।
सोमबार भने सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको थियो।
मंगलबार चाँदीको मूल्यमा पनि कुनै फेरबदल आएको छैन। सोमबारजस्तै चाँदीको मूल्य प्रतितोला १ हजार २३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।