• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, भदौ २९, २०८३ Mon, Sep 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

‘जनयुद्ध’ का सहकर्मी मन्त्री भए, दीपक सडकमै छन्

64x64
धनु विश्वकर्मा शनिबार, माघ २१, २०७९  १५:२२
1140x725

काठमाडौं– विसं २०५२ साल फागुन १ गते माओवादीले देशभर युद्धको घोषणा गर्‍यो। घोषणाको पहिलो दिनमै भूमिगत हुनेहरूको सूचीमा पर्छन् दीपक चलाउने।

समृद्धिको सपना बोकेर क्रान्तिमा होमिएका दीपक एक दशकसम्म लडिरहे। थुप्रै पटक उनको आँखासामुन्ने भएर गयो मृत्यु। सँगै लडाइँमा होमिएका थुप्रै सहकर्मी सहिद बने। 

कठोर संघर्ष र चुनौती व्यहोरेर उनी लडिरहे। 

तर, अहिले भूमिगत जीवनले दीपकलाई पटक–पटक प्रश्न गरिरहन्छ। ‘जेका लागि लडिएको थियो। त्यो पूरा भएन। जे नहुनुपर्ने थियो त्यो भयो,’ सम्झेर उनी छट्पटाउँछन्।

त्यतिबेला जाजरकोट जिल्ला सैन्य आयोग इन्चार्जको भूमिकामा थिए दीपक। सन्धीखर्क, लहान, बेनी, पीली, खारा, खैरीखोला, सुनवल, पाल्पा र तौलिहवा मोर्चाका किल्लामा लडाइँको नेतृत्वकर्ता थिए उनी।

०००

०३९ तिर जाजरकोटको स्याँक्रीमा विद्यालय थिएन। हुर्कँदै गरेका सन्तानहरू पढाउनु थियो बा–आमालाई। पढाउन शिक्षक चाहिन्थ्यो। 

तर अभाव थियो।

Ncell 2
Ncell 2
nimb
nimb

गाउँभन्दा परसम्म शिक्षकको खोजी भयो। पाथीमा अन्न उठाएर शिक्षकलाई गाउँलेहरूले पारिश्रमिकको व्यवस्था गरे। 
त्यही मेसोमा बालक दीपक चलाउनेले पनि स्कुलको आँगन टेक्ने मौका पाए। उनले गाउँकै स्कुलबाट ०४९ सालमा एसएसलसी पास गरे।

सदरमुकाम खलंगा टाढा थियो। दाइहरू रुकुमको चौरजहारीमा पढ्थे। उनी चौरजहारीकाे शीतल उच्च माविमा भर्ना भए।

कलेजबाटै राजनीतिक यात्रा तय भएको थियो दीपकको। कलेजमा उनले कम्युनिष्ट पार्टी ‘गरिबको पार्टी’ हो भन्ने सुने।

यही शब्दका कारण उनी ‘कम्युनिष्ट’ बने। माओवादी निकट विद्यार्थी संगठनका साथीहरूसँग भेट भएपछि दीपक सक्रिय रुपमा अखिल क्रान्तिकारीमा आबद्ध भए। ०५१ सालमा उनी पार्टीको सेक्युरेटी सेलको ईन्चार्ज बने।

Deepak-Chalaune (3)1675475833.jpg

जनयुद्धमा होमिँदा परिवारसँग बिदा मागेको क्षण ताजै छ उनलाई। त्यतिबेला परिवार त्रसित थियो। उनी भने उत्साहित। 
उनी जनमुक्ति सेना नेपालको छैठौं डिभिजनको सह–कमाण्डर हुँदा देशमा शान्ति सम्झौता भयो। त्यसपछि माओवादी पक्षले युद्धबिराम लियो। १२ बुँदे शान्ति सम्झौतामार्फत् माओवादी संसदीय राजनीतिको बाटोमा पनि आयो। 

युद्धले गिजोलिएको देश क्षतविक्षत भएको थियो। मन र शरीरका घाउ आलै थिए। ‘माओवादीले क्रान्तिको बाटो त्याग्यो। तर हामीले निरन्तर जारी राख्यौं’, उनी भन्छन्।

दीपकलाई सधैं लागिरहन्छ– क्रान्ति कहिल्यै सकिँदैन। 

शान्ति सम्झौताताका उनी सुर्खेतमा थिए। त्यतिबेला यो खबरले उनीभित्र खुसी र सशंय दुवै प्रकट गर्‍यो। यति चाँडै युद्ध विश्राम होला भन्ने लागेको थिएन दीपकलाई। 

१२ बुँदै सम्झौतामा सेना समायोजन भयो। तत्कालीन विद्रोही पक्षले हातहतियार राज्यलाई बुझायो। दीपक लगायत धेरै ‘कमरेड’ को विमती थियो यसमा। ‘राज्य र विद्रोही पक्षका दुवै सेनाको असमान समायोजन भएको थियो। त्यो हामीलाई मान्य थिएन,’ उनी भन्छन्। 

असहमतिसँगै माओवादी टुक्रियो। मोहन वैद्य किरणको नेतृत्वमा नेकपा (क्रान्तिकारी माओवादी) निर्माण भयो। उनीहरू संर्घषमै रहे। 

दीपक त्यतिबेला सेकेन्ड लेफ्टिनेन्ट हुन सक्थे। संसदीय राजनीतिमा भूगोलबाट नेतृत्व गर्ने बाटो पनि खुला थियो। तर उनले संघर्षकै बाटो रोजे।

भूमिगतकालमा उनले नेतृत्व गरेका ‘कमरेड’हरू पटक–पटक मन्त्री र मुख्यमन्त्री भइसकेका छन्। जनयुद्धकालमा दीपकभन्दा जुनियर महेन्द्रबहादुर शाही कर्णाली प्रदेशको मुख्यमन्त्रीसमेत भइसके। अहिले उनकै सहकर्मीहरूबाट गल्ती दोहोरिएका छन्। 

भूमिगतकालमा सेवा बस्नेतसँग जनवादी विवाह भएको थियो दीपकको। अहिले दुवै सामान्य जीवन बिताइरहेका छन्। सेवालाई राजनीतिप्रति वितृष्णा मात्र छ। उनी सुन्न पनि चाहन्नन् राजनीतिका कुरा।

Deepak-Chalaune (2)1675475831.jpg

पछि दीपक नेत्र विक्रम चन्द ‘विप्लव’को नेतृत्वको नेकपामा गए। दुई वर्ष भूमिगत पनि भए। सरकारले विप्लव समूहलाई प्रतिबन्ध लगायो। सरकार र विप्लव पक्षबीच वार्ता भयो। वार्तासमूहका एक सदस्य थिए दीपक। तीन बुँदे सहमति सहित विप्लव समूहको प्रतिबन्ध फुकुवा भयो। 

अहिले राजनीतिमा उति सक्रिय छैनन् दीपक।

कम्युनिष्ट आन्दोलनकाे एउटा हिस्सा भएका नाताले उनलाई लाग्छ–टुट्फुट हुनु कम्युनिष्टको चरित्र नै हो। तर मुद्दा छोड्नु हुँदैन। 

शान्ति प्रक्रियापछि यस्तो अवस्था आउला भन्ने कल्पना गरेका थिएनन् उनले। जे सोचेका थिएनन्। त्यही भयो। ‘राज्यको नयाँ ढंगले पुर्नसंरचना हुन्छ भन्ने लागेको थियो। हुन सकेन,’ उनी भन्छन्।  

युद्धका सहकर्मीसँग बेला–बेला कुराकानी हुन्छ दीपकको। मनैदेखि कोही खुशी छैनन्। सत्ता र शक्तिको बागडोरमा बसेका छन् धेरै। ‘तर म सत्ताको मातमा गइनँ। जनतासँग छु। सडकसँग छु,’ उनी गर्विलो भावमा भन्छन्।

तर युद्ध लडेका साथीहरू कहाँ छन्? उनीहरूको परिवार कहाँ छ? जवाफ छैन उनीसँग। जवाफ हिजोको नेतृत्वकर्ताबाट पनि पाउन सक्दैनन् उनी।

प्रकाशित मिति: शनिबार, माघ २१, २०७९  १५:२२
  • #दीपक चलाउने

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
रसुवा जोड्ने वैकल्पिक मार्गमा यात्रुलाई सास्ती राजमार्ग क्षतिग्रस्त बनेसँगै स्थानीय बासिन्दाले यातायात पहुँच कायम राख्न वैकल्पिक मार्ग निर्माण तथा सञ्चालनमा ल्याउने प्रयास गरिरहेक... बुधबार, भदौ २४, २०८३
ताजा समाचारसबै
२०२८ मा जेडी भान्सलाई समर्थन गर्नेबारे ट्रम्प भन्छन्, ‘अहिले कुनै निर्णय भएको छैन’ सोमबार, भदौ २९, २०८३
आगामी निर्वाचनमा रास्वपाले व्यक्ति विशेषभन्दा सोच र क्षमता भएको उम्मेदवार चयन गर्छ : बलायर सोमबार, भदौ २९, २०८३
काठमाडौंको बन्द कोठामा बसेर पाठ्यक्रम निर्माण गर्ने अभ्यास अन्त्य गर्नुपर्छ : शिक्षामन्त्री सोमबार, भदौ २९, २०८३
प्रत्येक बालबालिकाको सुरक्षित बालापन र उज्ज्वल भविष्य सुनिश्चित गर्न सरकार प्रतिबद्ध छ : मन्त्री बादी सोमबार, भदौ २९, २०८३
पशुपतिका चारवटै ढोका खुला, ९ हजार बढीले गरे दर्शन सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
एशियाली खेलकुदका लागि नेपाली क्रिकेट टोली घोषणा आइतबार, भदौ २८, २०८३
रविको जन्मदिनमा बालेनको शुभकामना देखिएन, बढ्दो दूरीको संकेत हो? आइतबार, भदौ २८, २०८३
देउवा पक्षका नेताका लागि कांग्रेसमा फर्किने बाटो खुल्यो, महाधिवेशन आयोजक बन्न आह्वान आइतबार, भदौ २८, २०८३
ढोगेको तस्बिर सार्वजनिक गर्दै गृहमन्त्री गुरुङले लेखे– ‘राष्ट्रपति कार्यालयमा पुग्दा शरीरमा रगतले लतपतिएको ज्याकेट थियो’ आइतबार, भदौ २८, २०८३
कांग्रेस अनुशासन समितिका संयोजक तारामान गुरुङको राजीनामा स्वीकृत आइतबार, भदौ २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
बुवा : आफ्ना सपना थाती राख्ने नायक नेपाल लाइभ
महाविपत्तिमा पनि पक्षधरता : भत्कँदै नेपाली मौलिकता ! प्रदीप सत्याल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
कुशको प्रतिमा बनाएर अन्त्येष्टिपछि बेपत्ता व्यक्ति जीवित भेटिए के हुन्छ ? मंगलबार, भदौ २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्