• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १९, २०८३ Mon, Oct 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

कविता : बाजेलाई चिठ्ठी

64x64
पुछार घरे शनिबार, माघ २१, २०७९  १५:५०
1140x725

सरकार र राष्ट्र छुट्टाछुट्टै हो भन्ने लागेर
-जयस्थिति मल्लको वर्ण व्यवस्था विरूद्ध बोलेझैँ लागेको हो
-लोकतान्त्रिक सरकारको व्यवस्था विरूद्ध बोलेझैँ लागेको हो
-कुसंस्कार र कुप्रवृत्ति विरूद्ध कवितामार्फत् बोलेझैँ लागेको हो
बाजे! तपाईंको सात्त्विक मस्तिष्कमा
कसरी ठोक्किन पुग्यो मेरा शाब्दिक परिकार
र, विचलित हुनुभयो?

मेरो वर्गले भोगेको उत्पीडनको- कथाहरू
मैले पैँतीस वर्ष भोगेको जीवन- कविताहरू
सजिलै भनिदिनु भयो तपाइईंले
"कति पोख्छस् कुण्ठा" भनेर 
मैले सोही दिन काव्यको काजक्रिया गरिदिएँ।

मेरा कविताका शब्द विम्बहरूलाई
खुलम् खुल्ला करणी गरिदिनु भयो
तपाईंको उपदेश हो या मेरो उग्र सोच
भन्नुस् न किन ठीक उल्टो भयो?

आरनको चिसो कोइलामा खलाँतीले फुक्दा
हामी दुवैको शिरमा बसिदियो- खरानी
धार बन्यो, मेरै आरनमा मेरो शिरको खरानी 
तपाईंको शीरको खरानी, दाप कसरी बन्यो बाजे?
कति उडाउँछस् खरानी भन्नुभयो
मैले सोही दिन खलाँतीलाई खाग बनाइदिएँ।

-सोच परिवर्तन गर्
-नाम र जातमा गर्व गर् भन्नु भयो
असारमा तपाईंको कवि छोरो जन्मिँदा 
मेरा वस्त्रमा लागेका दासताको माटो आफैँले पखालेँ
र, सुकिलो बनेँ,

तपाईंले मनुस्मृतिको तातो झिर हातमा लिएर हिँड्दा
मैले मेरा मस्तिष्कलाई पसिनाका पानाहरूले खोलेँ
र, चेतनशील बनेँ
न मलाई सुकिलो देख्नु भयो कहिल्यै, न मलाई चेतनशील ठान्नुभयो
धोएर गाई नहुने उखानझैँ हजुरको संस्कारले कुल्चिरह्यो
-मेरो सोच, सपना र सन्तति।

-आफू को हो चिन् भन्नुभयो
मैले मेरै साहस चिनेँ र अन्टार्कटीकाको पाउ पुछेँ
मैले मेरै अस्तित्व चिनेँ सगरमाथाको शिर पनि सिँगारेँ।

तपाईंले ज्ञानी बन् भन्नुभयो
‘अन्याय सहनु पाप हो। ‘अहिंसा परमो धर्मः।‘
भनी पूर्वीय पढेँ, पश्चिमा पनि नियालेँ
संसारमा लेखेकोभन्दा बोलेको सुन्छन्-हिट्लरले भनेका रहेछन्
मैले गाँठो पारिरहेँ जीवनका भोगाइहरू
र, चुप नै लागेँ।

Ncell 2
Ncell 2
nimb
nimb

चुपचापले को-को चुलीमा पुगेका छन् कुन्नि?
हिजो चुपचाप बसेरै हो मेरा पूर्खाहरू
आज हरेकदिन मानव जीवन रेटिरहन्छन् म’हरूको 
बगिरहन्छन् भेरी र भेलमा, झुन्डिइरहन्छन् डोरी र खेलमा।

तपाईं अझै चुप लाग् भन्नुहुन्छ
भन्नोस् न बाजे
कति पुस्ताको भविष्यलाई कुल्चिन मन छ अझै
सफा सोचको मोजा लगाएको तपाईंको संस्कारी जुत्ताले।

ब्याजको प्याज तिर्नुपर्दा खलो निफन्न गएकी दिदिलाई
तपाईंका छोराहरूले कुन्यूँपछाडि जबरजस्ती ओछ्याउँदा
-उनी बोलिनन्
उन्साठी वर्ष हली गर्दा पनि कहिल्यै नतिरिने तमसुक खै? भन्न
-हजुरबा बोलेनन्
दुई हजार अट्चालीस सालमा
औँलाले देखाएर जमीन नाप्नुभयो
-बा बोलेनन्।

बाजे
लेकदेखि बेसीसम्मका सबै तपाईंको हुँदा
मेरो बा कसरी घर-घडेरीविहीन भए?

Xtrem

Xtrem

*
यस्तो लाग्छ
गतिशीलतामा त आवाज हुन्छ
जस्तो की
- खलाँतीको भूरभूर,
- हथौडाको टाङटाङटुङटुङ
- लुगा सिलाउने कलको घररर घररर
मैले मलाई किन रोकिरहेछु? मेलै के पर्खिरहेछु?

बाजे!
अब म सहन सक्दिनँ
मैले मेरो पूर्खालाई झैँ
मलाई मेरो सन्ततिले धिक्कार्नुपूर्व 
आवाज निकाल्नै पर्छ, केही त बोल्नै पर्छ मैले।

हिट्लरले सही भनेका रहेछन्
‘संसारमा लेखेकोभन्दा बोलेको कुरा सुन्छन्’
मैले गाउँको एउटा धारा पँधेरा छुनै नपाउने
तपाईंले नेपालको संविधान २०२२ को
छुवाछुत तथा जातीय विभेदको धारा लागु नै नगर्ने?
भन्नोस् न बाजे!
मेरो बिलौना र तपाईंको अहम्‌ता कसरी एकै भयो?

तपाईंजस्तै म र ऊ
यति विधि बर्बरतामा बाँचेको देख्नु भएकै छ
यो बुद्ध जन्मिएको देश, ऋषिमुनिहरूको तपोभूमिमा
मान्छेहरू मान्छे बनेर बाँच्न किन प्राणको भिख मागिरहेछन्?

ऋषि मुनिहरूले उबेला फेरेको श्वास
के थाहा अहिले हामीले पनि उही श्वास फेर्दै छौँ कि
ऋषि मुनिहरूले, तपाईंले र मैले टेकेको जमीन एउटै हो भने
किन तपाईंको भएन
हजारौँ वर्षदेखि जमेको विभेदको जगल्टा कुइँयाउने जिम्मेवारी?
किन कित्ता कित्तामा छुट्टिएर म मान्छे हूँ भन्ने नै बिर्सिएका छौँ?

बाजे!
एक-एक कुण्ठाहरूले आक्रोशको रूप लिँदैछन् है
एकतामा परिणत भएको दिन साठी लाख आक्रोशहरू
घामको सट्टा आगो उदाउनेछ पूर्वबाट
र, उदाउनेछ आगो कविताका एक-एक वाक्यहरू– बारुद बनेर।

होसियार बाजे!
तपाईंकै शास्त्रले भन्छ "अहिंसा परमो धर्मः धर्म हिंसा तथैव च:l"
अहिंसा सबैभन्दा ठूलो धर्म हो 
अझै धर्म रक्षार्थ हिंसा पनि उसै प्रकारले श्रेष्ठ हो।

प्रकाशित मिति: शनिबार, माघ २१, २०७९  १५:५०
  • #पुछार घरे

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
पुछार घरे
लेखकबाट थप
कविता : बाजेलाई चिठ्ठी
सम्बन्धित सामग्री
बद्री अर्यालको ‘समृद्ध नेपालको आर्थिक दिग्दर्शन’ र ‘समृद्ध नेपालको राजनीतिक दिग्दर्शन’ सार्वजनिक जय नेपाल फाउन्डेशनको आयोजनामा राष्ट्रिय सभागृह, प्रदर्शनी मार्ग आयोजित एक समारोहबीच दुई पुस्तकको संयुक्त विमोचन गरिएको हो । शुक्रबार, असोज १६, २०८३
खेल पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन विमोचन कार्यक्रममा ‘नेपाल–जापान खेल सम्बन्ध’ पुस्तकबारे आफ्नो धारणा राख्दै कार्यवाहक राजदूत पौडेलले पुस्तकमार्फत नेपाल र जापानबीचको... शुक्रबार, असोज २, २०८३
३२ मुलुकको नेपाली साहित्य अब एउटै ग्रन्थमा ‘आप्रवासी नेपाली साहित्यको इतिहास’ आप्रवासी नेपाली साहित्यको प्रथम आधिकारिक इतिहास हो । कृतिमार्फत प्राडा लुइँटेलले नेपाली डायस्पोरा... शुक्रबार, असोज २, २०८३
ताजा समाचारसबै
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य सोमबार, असोज १९, २०८३
यस्तो छ कांग्रेस निर्वाचन कार्यतालिका, मतदान कहाँ-कहाँ? सोमबार, असोज १९, २०८३
इनरुवामा काउली बोकेको ट्रकभित्र २ हजार ५६६ किलो गाँजा, चालक र सहचालक पक्राउ सोमबार, असोज १९, २०८३
सांसद प्रकाश सिंह कार्कीले कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिने सोमबार, असोज १९, २०८३
महाधिवेशनस्थलमा टोपीदेखि जुम्लाको स्याउ र कांग्रेसका पुस्तकसम्मको व्यापार सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
कांग्रेसको आन्तरिक राजनीतिमा रवि र प्रचण्डको स्वार्थ ! आइतबार, असोज १८, २०८३
गगनलाई अमरेशको जवाफ– पार्टी ठग, भ्रष्टाचारी र ठेकेदारको हातमा सुम्पिएपछि कांग्रेस छाडेका हौं सोमबार, असोज १९, २०८३
कांग्रेस महाधिवेशनमा गगनको अभिव्यक्ति सुनेपछि बालेनको व्यंग्य : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’ आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्